Trending
Prev Story
Next Story

निस्दीमा ५१ विद्यालयका ३ हजार विद्यार्थीको मुटु परीक्षण, १२ जनामा जन्मजात समस्या

Ekantipur •
November 01, 2026 • 07:31 AM
1
1 reads 0 reactions

पाल्पाको निस्दीमा ५१ विद्यालयका ३ हजार ३ सयभन्दा बढी विद्यार्थी र अभिभावकलगायतको मुटु परीक्षणपछि १२ जनालाई थप उपचारका लागि सिफारिस गरिएको छ।

निस्दीमा ५१ विद्यालयका ३ हजार विद्यार्थीको मुटु परीक्षण, १२ जनामा जन्मजात समस्या

पाल्पाको निस्दीमा ५१ विद्यालयका ३ हजार ३ सयभन्दा बढी विद्यार्थी र अभिभावकलगायतको मुटु परीक्षणपछि १२ जनालाई थप उपचारका लागि सिफारिस गरिएको छ।

पाल्पा — पाल्पाको निस्दी गाउँपालिकाका ५१ विद्यालयका ३ हजार ३ सयभन्दा बढी विद्यार्थी, शिक्षक, स्वास्थ्य स्वयंसेविका र अभिभावकको मुटु परीक्षण गरिएको छ। परीक्षणका क्रममा १२ जना विद्यार्थीमा जन्मजात मुटुरोगको समस्या भेटिएको छ। उनीहरूलाई थप उपचारका लागि सिफारिस गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका सबै वडाका विद्यालयमा पुगेर चार दिनसम्म सञ्चालन गरिएको परीक्षणमा ३ हजारभन्दा बढी विद्यार्थीको मुटु जाँच गरिएको स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशामगरले बताए। विद्यार्थीबाहेक ३ सयभन्दा बढी शिक्षक, स्वयंसेविका, स्वास्थ्य कर्मचारी तथा अभिभावकको समेत मुटु परीक्षण गरिएको उनले जानकारी दिए।

नेपाल हार्ट फाउन्डेसनको प्राविधिक सहयोगमा विद्यालयस्तरमा मुटु स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको हो। गाउँपालिकाभित्रका प्राथमिक, आधारभूत र माध्यमिक तहका विद्यालयमा पुगेर विद्यार्थीको स्वास्थ्य जाँच गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर चितौरेले बताए। चार दिनसम्म चलेको कार्यक्रमको अन्तिम दिन शुक्रबार गाउँपालिका कार्यालय रहेको मित्यालमा मुटुसम्बन्धी समस्या भएका नागरिकको समेत स्वास्थ्य जाँच गरिएको थियो। त्यसका लागि गौरीशंकर माध्यमिक विद्यालयमा परीक्षणको व्यवस्था मिलाइएको थियो।

नेपाल हार्ट फाउन्डेसन काठमाडौंका मुटुरोग विशेषज्ञ डा. सुमन्तप्रसाद बन्जाडे र निस्दी आधारभूत अस्पतालमा कार्यरत डा. अञ्जली अधिकारीसहित चिकित्सकको टोलीले परीक्षण गरेको हो। जन्मजात मुटुरोगको समस्या देखिएका १२ जना विद्यार्थीलाई थप उपचारका लागि सिफारिस गरिएको स्वास्थ्य शाखा प्रमुख दिशामगरले बताए। गाउँपालिकाका अनुसार सिफारिस गरिएका १४ वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार हुने व्यवस्था छ।

बालबालिकामा जन्मजात मुटुरोग भए पनि सुरुआती अवस्थामा लक्षण नदेखिन सक्छ। कतिपयमा छिटो थकाइ लाग्ने, खेल्दा वा हिँड्दा सास फेर्न गाह्रो हुने, मुटुको धड्कन बढ्ने, तौल नबढ्ने तथा ओठ र नङ नीलो हुनेजस्ता लक्षण देखिन सक्छन्। यस्ता लक्षण नदेखिएका बालबालिकामा पनि मुटुको समस्या हुन सक्ने भएकाले स्वास्थ्य परीक्षण महत्त्वपूर्ण हुने डा. बन्जाडेले बताए।

मुटुरोग समयमै पहिचान गर्न सके उपचारबाट जटिलता कम गर्न र स्वास्थ्य अवस्था सुधार गर्न सकिन्छ। विशेषगरी बालबालिकामा जन्मजात मुटुरोग पत्ता लगाउन विद्यालयस्तरमै परीक्षण गर्दा धेरैसम्म स्वास्थ्य सेवा पुर्‍याउन सहज हुने उनले बताए। मुटुको धड्कन, आवाज तथा अन्य स्वास्थ्य अवस्थाको जाँचबाट थप परीक्षण आवश्यक पर्ने बालबालिकाको पहिचान गर्न सकिने उनको भनाइ छ।

विद्यालयमा गरिएको परीक्षणले विद्यार्थीको स्वास्थ्य अवस्थाबारे जानकारी दिनुका साथै अभिभावकलाई पनि मुटु स्वास्थ्यप्रति सचेत गराएको बालअधिकार अधिकृत कुस्माखर पाण्डेयले बताए। रोगको लक्षण देखिएपछि मात्र उपचार खोज्ने प्रवृत्ति कम गर्दै नियमित स्वास्थ्य परीक्षण गर्ने बानी विकास गर्न यस्ता कार्यक्रम उपयोगी हुने उनले बताए।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
विद्यार्थीको मेहनतले बन्यो आम्दानीको स्रोत!

विद्यार्थीको मेहनतले बन्यो आम्दानीको स्रोत!

अर्घाखाँची। सामान्यतया विद्यालयमा विद्यार्थीहरू किताब पढ्ने, परीक्षा दिने र खेलकुदमा सहभागी हुने गर्छन्। तर अर्घाखाँचीको एउटा विद्यालयका विद्यार्थी भने पढाइसँगै फूलखेती गरेर आम्दानी गर्न पनि व्यस्त...

#विद्यार्थी #विद्यालय
Compare →
Onlinekhabar
3d ago
अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

२४ कात्तिक, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयका बालविज्ञान अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल र मालाले राम्रो बजार पाएको छ । विद्यार्थीहरूले मेहनत र लगनका साथ उत्पादन गरेको फूल अहिले बुटवल, काठमाडौं, …

#विद्यार्थी #विद्यालय
Compare →
Nagarik News
4d ago
विद्यालयमै गुन्द्री बुन्दै र रोबोट बनाउँदै बालबालिका

विद्यालयमै गुन्द्री बुन्दै र रोबोट बनाउँदै बालबालिका

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१८ हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदनले पाठ्यपुस्तकको पढाइमा मात्र सीमित नराखी विद्यार्थीलाई माध्यमिक तह पूरा गर्दासम्म १० वटा व्यावहारिक सीप सिकाउने अभियान चलाएको छ।

#विद्यार्थी #विद्यालय
Compare →

Related Stories

Education & Youth
Build #2612