Trending
Prev Story
Next Story

विद्यालयमै गुन्द्री बुन्दै र रोबोट बनाउँदै बालबालिका

Nagarik News •
November 09, 2026 • 09:35 AM
1
1 reads 0 reactions

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१८ हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदनले पाठ्यपुस्तकको पढाइमा मात्र सीमित नराखी विद्यार्थीलाई माध्यमिक तह पूरा गर्दासम्म १० वटा व्यावहारिक सीप सिकाउने अभियान चलाएको छ।

विद्यालयमै गुन्द्री बुन्दै र रोबोट बनाउँदै बालबालिका

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१८ हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदनले पाठ्यपुस्तकको पढाइमा मात्र सीमित नराखी विद्यार्थीलाई माध्यमिक तह पूरा गर्दासम्म १० वटा व्यावहारिक सीप सिकाउने अभियान चलाएको छ।

विद्यालयले ‘एक कक्षा, एक सीप’ अवधारणाअनुसार कक्षा १० उत्तीर्ण गर्दासम्म कम्तीमा १० जीवनोपयोगी सीप सिकाउने लक्ष्य लिएको हो।

विद्यार्थीमा सिर्जनशीलता, आत्मनिर्भरता र उद्यमशीलता विकास गर्ने उद्देश्यले विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको ‘स्किल क्याम्प’ को तेस्रो संस्करण शुक्रबार सम्पन्न भएको छ।

चाडपर्वको लामो बिदापछि विद्यालय फर्किएका विद्यार्थीलाई सिर्जनात्मक गतिविधिमा जोड्न दसैं-तिहारपछिको पहिलो साता यस्ता सीप सिकाउने गरिएको प्रधानाध्यापक सुदीपराज गिरीले बताए। उनका अनुसार विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई व्यावहारिक अभ्याससँग जोड्ने ‘स्टिम’ शिक्षण अवधारणालाई समेत यसमा समावेश गरिएको छ।

विद्यालयले उमेर र कक्षाअनुसार फरक-फरक सीप निर्धारण गरेको छ। जसअन्तर्गत कक्षा ३ सम्मका बालबालिकाले स्वास्थ्य तथा व्यक्तिगत सरसफाइसम्बन्धी अभ्यास गरे।

कक्षा ४ का विद्यार्थीले भने खेर गएका पुराना कागजलाई पुनःप्रशोधन गरी नयाँ कागज बनाउनुका साथै त्यसमा छपाइसमेत गरे। सोही कक्षाकी विद्यार्थी अधिश्री दाहालले विद्यालयमा सिकेको सीप घरमा आमा सपना ढुङ्गानालाई समेत सिकाइन्।

छोरीले फोहोर कागजबाट नयाँ कागज बनाउन सिकाएपछि दंग परेकी सपनाले भनिन्, ‘मेरी छोरीले विद्यालयमा खेर गएका कागजबाट नयाँ कागज बनाउन सिकेकी छिन्। उनले मलाईसमेत कागज कसरी बनाउने भनेर सिकाइन्।’

यसैगरी कक्षा ५ मा बुनाइ र कक्षा ६ मा कलासम्बन्धी अभ्यास गराइएको थियो। कक्षा ७ का विद्यार्थीले भने परालबाट परम्परागत गुन्द्री बुन्न सिके। स्थानीयस्तरमा परालको व्यवस्था गरी विद्यार्थीलाई गुन्द्री बनाउन सिकाइएको थियो। कक्षा ७ की विद्यार्थी सायास्ता परियारले पराल तयार गर्नेदेखि गुन्द्री बुन्नेसम्मको नयाँ अभ्यास गर्न पाउँदा खुसी लागेको बताइन्।

परम्परागत सीपसँगै विद्यालयले आधुनिक प्रविधिलाई पनि सँगै अघि बढाएको छ। कक्षा ८ का विद्यार्थीले रोबोटिक्स तथा विद्युतीय प्रविधिमा आधारित उपकरणका नमुना निर्माण गरी प्रदर्शनी गरे भने कक्षा १० का विद्यार्थीले क्याम्प सञ्चालनमा स्वयंसेवकको भूमिका निर्वाह गरे।

विद्यार्थीलाई उत्पादनसँगै बजार व्यवस्थापनको ज्ञान दिन कक्षा ९ का विद्यार्थीले तिहार लक्षित मैनबत्ती उत्पादन तथा बजारीकरणको अभ्यास गरे। विद्यार्थीले समूह बनाएर कच्चा पदार्थ संकलन, उत्पादन र बिक्रीसम्मको काम आफैं गरे।

कक्षा ९ की छात्रा सोनु अधिकारीका बुबा पुरुषोत्तम अधिकारीका अनुसार विद्यार्थीले उत्पादन लागतमा करिब ४० प्रतिशत नाफा राखेर मैनबत्तीको बिक्री मूल्य निर्धारण गरेका थिए।

छोरीले घरमा आएर व्यवसाय, लागत र नाफाबारे छलफल गर्न थालेपछि आफू निकै खुसी भएको पुरुषोत्तमले बताए। विद्यालयमा सिकेका सरसफाइ र फोहोर व्यवस्थापनका कुरा बालबालिकाले घरमा समेत लागू गराउन सचेत गराउने गरेको उनले सुनाए।

यसअघि विद्यालयले विद्यार्थीलाई धान रोप्ने, काट्ने, चुट्ने र भित्र्याउनेसम्मका कृषि अभ्यास तथा जैविक फोहोरबाट कम्पोस्ट मल बनाउने तालिमसमेत दिएको थियो।

परम्परागत ज्ञानको संरक्षण गर्दै आधुनिक प्रविधिसँग विद्यार्थीलाई परिचित गराउन सीपमूलक शिक्षालाई निरन्तरता दिइएको प्रधानाध्यापक गिरीले बताए।

प्रकाशित: २३ कार्तिक २०८३ १५:२० सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
सामुदायिक विद्यालय : अर्बौंको लगानी, बालुवामा पानी

सामुदायिक विद्यालय : अर्बौंको लगानी, बालुवामा पानी

विद्यालयमा विद्यार्थी छन्, शिक्षक छन् र अर्बौंको बजेट छ । तर बालबालिकाले आधारभूत पढाइ र गणितसमेत सिक्न नसक्नुले सार्वजनिक शिक्षाको लगानी, व्यवस्थापन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ । नेपालका करिब २८ हजार सामुदायिक विद्यालयमा ४६ …

#विद्यार्थी #विद्यालय
Compare →
Ekantipur
1d ago
विद्यार्थीले फलाएको गोलभेंडा बेच्दै हेडसर

विद्यार्थीले फलाएको गोलभेंडा बेच्दै हेडसर

तरकारी बिक्रीबाट जम्मा भएको आम्दानी उद्यम कोषमा राखेर विद्यालयले विपन्न विद्यार्थीलाई सहयोग गर्ने योजना बनाएको छ।

#विद्यार्थी #विद्यालय
Compare →
Hamro Patro News
3d ago
विद्यार्थीको मेहनतले बन्यो आम्दानीको स्रोत!

विद्यार्थीको मेहनतले बन्यो आम्दानीको स्रोत!

अर्घाखाँची। सामान्यतया विद्यालयमा विद्यार्थीहरू किताब पढ्ने, परीक्षा दिने र खेलकुदमा सहभागी हुने गर्छन्। तर अर्घाखाँचीको एउटा विद्यालयका विद्यार्थी भने पढाइसँगै फूलखेती गरेर आम्दानी गर्न पनि व्यस्त...

#विद्यार्थी #विद्यालय
Compare →

Related Stories

Technology
Build #2611