Trending
Prev Story
Next Story

६.८४ प्रतिशतले घट्याे हिमालयन बैंककाे नाफा, अन्य सूचक कस्ता ?

Arthasansar •
November 01, 2026 • 06:04 AM
1
1 reads 0 reactions

हिमालयन बैंक लिमिटेडको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद...

६.८४ प्रतिशतले घट्याे हिमालयन बैंककाे नाफा, अन्य सूचक कस्ता ?

हिमालयन बैंक लिमिटेडको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा घटेको हो ।

चालु आवमा बैंकको नाफा गत आवको भन्दा ६.८४ प्रतिशतले घटेको छ । बैंकले चालु आवको पहिलो त्रैमासिकसम्मको अवधिमा ६५ करोड ४८ लाख रूपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिसम्ममा बैंकले ७० करोड २८ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । मुख्य आम्दानीको स्रोतमा आएको गिरावट र व्यवसाय विस्तारमा देखिएको सुस्तताका कारण बैंकको नाफा प्रभावित भएको हो ।

समीक्षा अवधिमा बैंकको मुख्य आम्दानी मानिने खुद ब्याज आम्दानी १२.३० प्रतिशतले घटेर २ अर्ब १९ करोड ८६ लाख रूपैयाँमा झरेको छ जुन अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५० करोड ७१ लाख रूपैयाँ रहेको थियो । ब्याज आम्दानी घटे तापनि बैंकको इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको ५७ करोड ८९ लाख रूपैयाँबाट घटेर ३५ करोड ३१ लाख रूपैयाँमा झरेको छ । सो अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ५ करोड ६६ लाख रूपैयाँबाट सामान्य घटेर १ अर्ब ५४ लाख रूपैयाँ कायम भएको छ।

असोज मसान्तसम्ममा हिमालयन बैंकको कुल चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख रूपैयाँ रहेको छ। बैंकले यस अवधिमा ३ खर्ब ५३ अर्ब ६५ करोड रूपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ३६ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ। वित्तीय सूचकहरूर्फ हेर्दा बैंकको खराब कर्जा (निष्क्रिय कर्जा) अघिल्लो वर्षको ७.३९ प्रतिशतबाट बढेर ७.९८ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११.६० रूपैयाँ रहेको छ, जुन अघिल्लो वर्ष १२.४५ रूपैयाँ रहेको थियो । त्यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १८०.४२ रूपैयाँ रहेको छ । असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ५४ करोड रुपैयाँ ऋणात्मकबाट ९ अर्ब ७९ करोड रुपैयाँ ऋणात्मक अवस्थमा पुगेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

युनिलिभर नेपाल लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो । चालु आर्थिक वर्षको पहिल...

#नाफा #घटे #प्रतिशतले
Compare →
Bizshala
5d ago
बाराहीको नाफा ९ प्रतिशत बढ्दा छोटो अवधिको ऋण झन्डै २९ गुणा

बाराहीको नाफा ९ प्रतिशत बढ्दा छोटो अवधिको ऋण झन्डै २९ गुणा

काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेड (बीएचपीएल) को पहिलो त्रैमासमा सञ्चालन आम्दानी १.१७ प्रतिशतले घटे पनि खुद...

#नाफा #घटे #खुद
Compare →
Ekantipur
10h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा #सूचक
Compare →

Related Stories

Business & Economy
Build #2611