Trending
Prev Story
Next Story

घाटाबाट नाफामा सिटिजन्स बैंक, इपीएस कति ?

Arthasansar •
November 01, 2026 • 06:04 AM
1
1 reads 0 reactions

सिटिजन्स बैंक घाटाबाट नाफामा पुगेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणबाट...

घाटाबाट नाफामा सिटिजन्स बैंक, इपीएस कति ?

सिटिजन्स बैंक घाटाबाट नाफामा पुगेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणबाट बैंक नाफामा पुगेको हो ।

विवरण अनुसार बैंक नाफासहित अधिकांश सूचकमा सुधार गर्न सफल भएको छ । चालु आर्थिक वर्षको तीन महिनामा बैंकले १० करोड ७७ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंक २२ करोड ४ लाख ११ हजार रुपैयाँ खुद नोक्सानी रहेको थियो । समिक्षा अवधिमा बैंकको ब्याज आम्दानी १०.६५ प्रतिशत घटेर ३ अर्ब ६३ करोड ३० लाख ६५ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ६ करोड ६३ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यता, बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५४ करोड १५ लाख १६ हजार रुपैयाँ गरेको छ । असोज मसान्तसम्मको अवधिमा इम्पेरिमेन्ट चार्ज १ अर्ब ७ करोड ८५ लाख २० हजार रुपैयाँ र सञ्चालन खर्च ८६ करोड ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा ४५ करोड ७७ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने सञ्चित नाफा ४४ करोड ८४ लाख १५ हजार रुपैयाँ रहेको छ । असोजसम्ममा बैंकको निक्षेप संकलन १२.७८ प्रतिशत बढेर २ खर्ब ४२ अर्ब ७३ करोड २७ लाख रुपैयाँ र कर्जा प्रवाह ४.२१ प्रतिशत बढेर १ खर्ब ८३ अर्ब ४९ करोड ५४ लाख रुपैयाँ गरेको छ ।

गत वर्षको असोजमा ६.८४ प्रतिशत रहेको खराब कर्जा चालु आवको असोजमा घटेर ५.७८ प्रतिशतमा झारेको छ । बैंकको प्रतिसेयर आम्दानी १४.१८ रुपैयाँ धनात्मक रहेको छ । गत वर्षको असोजमा बैंकको प्रतिसेयर आम्दानी ५.९७ रुपैयाँ ऋणात्मक थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1w ago
पियोर इनर्जीको नाफा १९ प्रतिशत घट्यो, ईपीएस कति ?

पियोर इनर्जीको नाफा १९ प्रतिशत घट्यो, ईपीएस कति ?

काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको छ।कम्पनीले सार्वजनिक...

#नाफा #खुद #कति
Compare →
Ekantipur
6d ago
लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना

#नाफा
Compare →
Hamro Patro News
1w ago
रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतले बढ्यो

रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतले बढ्यो

काठमाडौं – रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४२.५३ प्रतिशतले बढी हो । ...

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2611