Trending
Prev Story
Next Story

सामान्य बढ्यो नागरिक लगानी कोषको नाफा, अन्य सूचक कस्ता ?

Arthasansar •
November 09, 2026 • 03:04 AM
2
2 reads 0 reactions

नागरिक लगानी कोषको खुद नाफामा सामान्य वृद्धि देखिएको छ । कोषले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासिकसम्मको...

सामान्य बढ्यो नागरिक लगानी कोषको नाफा, अन्य सूचक कस्ता ?

नागरिक लगानी कोषको खुद नाफामा सामान्य वृद्धि देखिएको छ । कोषले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफामा सामान्य सुधार देखिएको हो ।

कोषले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्म ३१ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिसम्ममा कोषले ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कोषको कुल आम्दानी पनि बढेर ५५ करोड ८१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ५३ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।

कोषको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको सेवा शुल्क तथा कमिसन आम्दानी बढेर ४६ करोड ९६ लाख रुपैयाँ पुगेको छ । तर, ब्याज आम्दानी भने घटेर ५ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको पहिलो त्रैमासमा कोषले ब्याजबाट ९ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

आम्दानीमा सामान्य सुधार भए पनि कोषको खर्च भने बढेको छ । गत वर्ष ११ करोड ७९ लाख रुपैयाँ रहेको कुल खर्च भएको कोषको चालु वर्षको पहिलो तीन महिनामा बढेर १३ करोड ५६ लाख रुपैयाँ पुगेको छ। यसैबीच कोषको कुल स्रोतमा उल्लेख्य विस्तार भएको छ। गत आर्थिक वर्षको असोज मसान्तमा ३ खर्ब १९ अर्ब १५ करोड रुपैयाँ रहेको कोषको कुल स्रोत चालु वर्षको सोही अवधिमा बढेर ३ खर्ब ८२ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कोषको कुल लगानी पनि बढेर ३ खर्ब ४२ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

कोषको प्रतिसेयर आम्दानी भने घटेको छ । गत वर्ष १९ रुपैयाँ ४० पैसा रहेको प्रतिशेयर आम्दानी चालु वर्षको पहिलो त्रैमासिकसम्ममा घटेर १८ रुपैयाँ ५८ पैसा कायम भएको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ पनि १६९ रुपैयाँ ८ पैसा बाट घटेर १५७ रुपैयाँ ११ पैसा पुगेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
5d ago
नागरिक लगानी कोषको आकार २० प्रतिशत बढ्दा नाफा ०.६ प्रतिशत मात्रै बढ्यो

नागरिक लगानी कोषको आकार २० प्रतिशत बढ्दा नाफा ०.६ प्रतिशत मात्रै बढ्यो

काठमाण्डौ । नागरिक लगानी कोषको कुल स्रोत एक वर्षमा झन्डै ६४ अर्ब रुपैयाँले बढेको छ। तर आर्थिक वर्ष २०८३/८४ को पहिलो...

#कोष #नाफा #खुद
Compare →
Ekantipur
12h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा #सूचक
Compare →
Onlinekhabar
5d ago
सार्वजनिक खरिदमा आबद्ध श्रमिक पनि सामाजिक सुरक्षा कोषमा जोडिने

सार्वजनिक खरिदमा आबद्ध श्रमिक पनि सामाजिक सुरक्षा कोषमा जोडिने

२२ कात्तिक, काठमाडौं । सार्वजनिक खरिदअन्तर्गतका ठेक्का तथा अन्य काममा संलग्न श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने भएको छ । पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्ने …

#कोष
Compare →
Hamro Patro News
5d ago
सैनिक कल्याणकारी कोषबाट ४० हजार विद्यार्थीलाई छात्रवृत्ति

सैनिक कल्याणकारी कोषबाट ४० हजार विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं । सैनिक कल्याणकारी कोषलाई बहालवाला तथा अवकाशप्राप्त सैनिक र तिनका आश्रित परिवारको सामाजिक सुरक्षा सुनिश्चित गर्ने संस्थागत आधारका रूपमा विकसित गरिएको छ। नेपाली सेनाले २०३२ सालदेखि सैनिक क...

#कोष
Compare →
Nagarik News
5d ago
सैनिक कल्याणकारी कोष: १० लाख हिताधिकारीको भरोसा, शिक्षा र स्वास्थ्यदेखि रोजगारीसम्म सुविधा

सैनिक कल्याणकारी कोष: १० लाख हिताधिकारीको भरोसा, शिक्षा र स्वास्थ्यदेखि रोजगारीसम्म सुविधा

सैनिक कल्याणकारी कोषलाई बहालवाला तथा अवकाशप्राप्त सैनिक र तिनका आश्रित परिवारको सामाजिक सुरक्षा सुनिश्चित गर्ने संस्थागत आधारका रूपमा विकसित गरिएको छ।

#कोष
Compare →

Related Stories

Business & Economy
Build #2612