Trending
Prev Story
Next Story

सार्वजनिक खरिदमा आबद्ध श्रमिक पनि सामाजिक सुरक्षा कोषमा जोडिने

Onlinekhabar •
November 08, 2026 • 06:31 AM
1
1 reads 0 reactions

२२ कात्तिक, काठमाडौं । सार्वजनिक खरिदअन्तर्गतका ठेक्का तथा अन्य काममा संलग्न श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने भएको छ । पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्ने …

सार्वजनिक खरिदमा आबद्ध श्रमिक पनि सामाजिक सुरक्षा कोषमा जोडिने

२२ कात्तिक, काठमाडौं । सार्वजनिक खरिदअन्तर्गतका ठेक्का तथा अन्य काममा संलग्न श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने भएको छ । पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्ने गरी नयाँ कार्यविधि जारी गरेको छ ।

मन्त्रालयले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक (पारिश्रमिक तथा सामाजिक सुरक्षा) कार्यविधि, २०८३’ जारी गर्दै सार्वजनिक खरिदमार्फत सञ्चालन हुने सबै प्रकारका काममा संलग्न श्रमिकका लागि सामाजिक सुरक्षा अनिवार्य गरेको हो ।

कार्यविधिअनुसार श्रमिकको सामाजिक सुरक्षा कोषमा रोजगारदाताले १० प्रतिशत र सरकार वा सार्वजनिक निकायले १० प्रतिशत योगदान गर्नुपर्नेछ । यसरी श्रमिकको सामाजिक सुरक्षा योगदानमा सरकार र रोजगारदाता दुवैको साझेदारी रहनेछ । सार्वजनिक निकायले बेहोर्नुपर्ने योगदानबापतको रकम ठेक्काको लागत अनुमान तथा दररेट विश्लेषणमै समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कार्यविधिले श्रमिकको न्यूनतम आधारभूत दैनिक पारिश्रमिक १ हजार ४५० रुपैयाँ तोकेको छ । यसमा सामाजिक सुरक्षा कोषमा रोजगारदाताको १० प्रतिशत र सरकारको १० प्रतिशत योगदान जोड्दा सबैभन्दा कम दैनिक ज्याला पाउने श्रमिकले कम्तीमा १ हजार ७४० रुपैयाँ बराबरको सुविधा पाउने व्यवस्था गरिएको छ ।

श्रमिकले पाउने पारिश्रमिक अनिवार्य रूपमा उनीहरूकै बैंक खातामा जम्मा गर्नुपर्नेछ । कामको प्रकृति र श्रमिकको दक्षताका आधारमा पनि न्यूनतम पारिश्रमिक निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सार्वजनिक खरिदसँग सम्बन्धित उद्योग, व्यवसाय तथा मालसामान आपूर्तिकर्ताअन्तर्गत कार्यरत श्रमिकका लागि न्यूनतम मासिक पारिश्रमिक ३२ हजार ६०७ रुपैयाँ कायम गरिएको छ । रोजगारदाताले उक्त पारिश्रमिकका अतिरिक्त सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्नेछ । साथै, प्रचलित कानुनअनुसार चाडपर्व खर्च, बिदा तथा अन्य भत्तासमेत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

कार्यविधिले श्रमिकको दर्ता, सीप विकास, न्यूनतम पारिश्रमिकको भुक्तानी, सामाजिक सुरक्षा, बीमा, व्यवसायजन्य सुरक्षा तथा कल्याणसम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

यसका साथै परामर्श सेवा खरिदमा १५ प्रतिशत ओभरहेडको व्यवस्था गरिने भएको छ । परामर्श सेवामा समेत सार्वजनिक निकायले बेहोर्नुपर्ने सामाजिक सुरक्षा योगदानबापतको १० प्रतिशत रकम लागत अनुमानमै समावेश गर्नुपर्नेछ ।

कार्यविधिमा तोकिएका पारिश्रमिक, सामाजिक सुरक्षा योगदान तथा अन्य सर्त पालना नगर्ने रोजगारदाता तथा व्यवसायीमाथि कारबाहीको व्यवस्थासमेत गरिएको छ । सर्त उल्लङ्घन गर्ने व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने, सूचीकरण खारेज गर्ने, धरौटी जफत गर्ने र इजाजतपत्र खारेज गर्नेसम्मको व्यवस्था गरिएको छ ।

त्यस्तै, न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षाका सर्त पूरा नगर्ने उद्योग, व्यवसाय तथा मालसामान आपूर्तिकर्तालाई सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन निषेध गरिनेछ । त्यस्ता फर्म वा कम्पनीबाट अन्य सार्वजनिक खरिदमा आबद्ध व्यवसायीले पुनः खरिद गरेको पाइए उनीहरूमाथि समेत कालोसूचीमा राख्नेसम्मको कारबाही हुन सक्नेछ ।

मन्त्रालयका अनुसार कार्यविधि जारी भएपछि हुने ठेक्कामा यी व्यवस्था अनिवार्य रूपमा लागू हुनेछन् ।

सार्वजनिक खरिद प्रक्रियामा व्यवसायीको सुरक्षा, स्वदेशी उद्योग तथा उत्पादनको प्रवद्र्धन र श्रमिकको हकहित सुनिश्चित गर्ने उद्देश्यले सार्वजनिक खरिद ऐन संशोधन तथा त्यससँग सम्बन्धित कानुनी व्यवस्था अघि बढाइएको मन्त्रालयले जनाएको छ । यसअघि सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रयोगलाई प्रवद्र्धन गर्न ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्द्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ समेत जारी गरिएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
5d ago
सार्वजनिक खरिदमा आबद्ध श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गर्नुपर्ने

सार्वजनिक खरिदमा आबद्ध श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गर्नुपर्ने

सरकारले व्यहोर्ने १० र रोजगारदाताले १० प्रतिशत योगदान, श्रमिकको ज्याला बैंक खातामा अनिवार्य जम्मा गर्नुपर्ने

#श्रमिक #सुरक्षा #आबद्ध
Compare →
Hamro Patro News
6d ago
श्रमिकको न्यूनतम दैनिक ज्याला १ हजार ७४० रुपैयाँ, सामाजिक सुरक्षा अनिवार्य :  मन्त्री सुनील लाम्साल

श्रमिकको न्यूनतम दैनिक ज्याला १ हजार ७४० रुपैयाँ, सामाजिक सुरक्षा अनिवार्य :  मन्त्री सुनील लाम्साल

काठमाडौं । पूर्वाधार क्षेत्रमा कार्यरत दैनिक ज्यालादारी श्रमिकदेखि उच्च दक्ष प्राविधिकसम्मको आर्थिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक (पारिश्रमिक...

#श्रमिक #सुरक्षा #आबद्ध
Compare →
Bizshala
1d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#सुरक्षा #कोष
Compare →
Nagarik News
5d ago
सैनिक कल्याणकारी कोष: १० लाख हिताधिकारीको भरोसा, शिक्षा र स्वास्थ्यदेखि रोजगारीसम्म सुविधा

सैनिक कल्याणकारी कोष: १० लाख हिताधिकारीको भरोसा, शिक्षा र स्वास्थ्यदेखि रोजगारीसम्म सुविधा

सैनिक कल्याणकारी कोषलाई बहालवाला तथा अवकाशप्राप्त सैनिक र तिनका आश्रित परिवारको सामाजिक सुरक्षा सुनिश्चित गर्ने संस्थागत आधारका रूपमा विकसित गरिएको छ।

#सुरक्षा #कोष
Compare →
Arthasansar
4d ago
सामान्य बढ्यो नागरिक लगानी कोषको नाफा, अन्य सूचक कस्ता ?

सामान्य बढ्यो नागरिक लगानी कोषको नाफा, अन्य सूचक कस्ता ?

नागरिक लगानी कोषको खुद नाफामा सामान्य वृद्धि देखिएको छ । कोषले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासिकसम्मको...

#कोष
Compare →

Related Stories

Business & Economy
Build #2611