Trending
Prev Story
Next Story

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ३ करोड ३४ लाख, कस्ता छन् अन्य सूचक ?

Arthasansar •
November 01, 2026 • 04:35 AM
1
1 reads 0 reactions

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६२ प्रतिशतले घटेको छ। बैंकले सार्वजनिक गरेको...

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ३ करोड ३४ लाख, कस्ता छन् अन्य सूचक ?

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६२ प्रतिशतले घटेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ३ करोड ३४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८ करोड ८२ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५० करोड ९८ लाख ६६ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ५४ करोड ९१ लाख १६ हजार रुपैयाँ रहेको थियो। त्यस्तै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ६ करोड ३३ लाख ३७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ६ करोड ४४ लाख ३७ हजार रुपैयाँ रहेको थियो।

बैंकको कुल सञ्चालन आम्दानी ५७ करोड ६२ लाख ५४ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ६५ करोड १५ लाख ७२ हजार रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ५ करोड ३१ लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १२ करोड ५३ लाख ८७ हजार रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो।

त्यस्तै, बैंकको करअघिको नाफा ४ करोड ७८ लाख २ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा १२ करोड ६० लाख १६ हजार रुपैयाँ रहेको थियो। बैंकले समीक्षा अवधिमा निक्षेप संकलन र कर्जा लगानी दुवै बढाएको छ। असोज मसान्तसम्म बैंकले ५७ अर्ब ९५ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। गत आर्थिक वर्षको असार मसान्तमा बैंकको निक्षेप ५६ अर्ब ९२ करोड १७ लाख रुपैयाँ रहेको थियो।

त्यस्तै, बैंकले ४७ अर्ब ९ करोड ९८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकको कर्जा लगानी ४५ अर्ब ७३ करोड ९२ लाख रुपैयाँ रहेको थियो। बैंकको कुल सम्पत्ति ६६ अर्ब ६१ करोड ६९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकको कुल सम्पत्ति ६५ अर्ब ९९ करोड ७ लाख रुपैयाँ रहेको थियो।

बैंकको निष्क्रिय कर्जा अनुपात (एनपीएल) बढेर ७.६४ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको अन्त्यमा यस्तो अनुपात ६.८६ प्रतिशत रहेको थियो। बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४५ पैसा रहेको छ। त्यस्तै, चुक्ता पूँजी ३ अर्ब ८८ करोड ३३ लाख रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य मुनाफा भने १३ करोड २७ लाख रुपैयाँले ऋणात्मक रहेको वित्तीय विवरणमा उल्लेख छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1w ago
सप्तकोशी डेभलपमेन्ट बैंकले कमायो  रु.४३ लाख नाफा, ईपीएस कति ?

सप्तकोशी डेभलपमेन्ट बैंकले कमायो रु.४३ लाख नाफा, ईपीएस कति ?

काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा फर्किएको छ।बैंकले सार्वजनिक...

#खुद #नाफा #डेभलपमेन्ट
Compare →
Ekantipur
1w ago
कर्जा असुलीमा सुधार र नीतिगत सहजताले बैंकको नाफा ४६ प्रतिशत बढ्यो

कर्जा असुलीमा सुधार र नीतिगत सहजताले बैंकको नाफा ४६ प्रतिशत बढ्यो

पहिलो त्रैमासमा २० वाणिज्य बैंकले कमाए १९ अर्ब ७ करोड रुपैयाँ खुद नाफा, गत वर्षको सोही अवधिमा यस्तो नाफा १३ अर्ब ५ करोड रुपैयाँ थियो

#नाफा #त्रैमास #राष्ट्र-बैंक
Compare →
Nagarik News
1w ago
वाणिज्य बैंकको नाफा ४५.६ प्रतिशतले बढ्यो, तीन महिनामै कमाए १९ अर्बभन्दा बढी

वाणिज्य बैंकको नाफा ४५.६ प्रतिशतले बढ्यो, तीन महिनामै कमाए १९ अर्बभन्दा बढी

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफा ४५.६ प्रतिशतले बढेको छ।

#खुद #नाफा #राष्ट्र-बैंक
Compare →
Hamro Patro News
1w ago
१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

युनिलिभर नेपाल लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो । चालु आर्थिक वर्षको पहिल...

#नाफा #कस्ता #सूचक
Compare →
Onlinekhabar
1w ago
खराब कर्जा बढ्दा पनि बैंकहरूको नाफा १९ अर्ब, ‘प्रोभिजनिङ’ घट्यो साढे २ गुणा

खराब कर्जा बढ्दा पनि बैंकहरूको नाफा १९ अर्ब, ‘प्रोभिजनिङ’ घट्यो साढे २ गुणा

१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष बैंकहरूको खुद नाफा ४५ प्रतिशत बढेको छ । धेरै नयाँ कर्जा प्रवाह नभएको र पुरानो कर्जा पनि असुली भएपछि खुद नाफा बढेको हो । नेपाल राष्ट्र बैंकले बैंकहरूको नाफा …

#खुद #नाफा
Compare →

Related Stories

Business & Economy
Build #2611