Trending
Prev Story
Next Story

करिब तीन गुणाले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा, अन्य सूचक कस्ता ?

Arthasansar •
November 01, 2026 • 04:35 AM
1
1 reads 0 reactions

राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचकमा...

करिब तीन गुणाले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा, अन्य सूचक कस्ता ?

राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचकमा लोभलाग्दो सुधार देखिएको हो ।

चालु आर्थिक वर्षको ३ महिनामा बैंकले १ अर्ब ६४ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १७५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५९ करोड ८७ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यता, बैंकको खुद ब्याज आम्दानी ३७.४६ प्रतिशतले बढेर ४ अर्ब १ करोड ४६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी २ अर्ब ९२ करोड ५ लाख रुपैयाँ रहेको थियो । बैंकको वितरणयोग्य नाफामा १ अर्ब ३७ करोड २३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा २१ करोड ४७ लाख २५ हजार रुपैयाँ मात्र रहेको थियो ।

यसैगरी बैंकको सञ्चालन नाफा १०८.१६ प्रतिशतले उकालो लागेर २ अर्ब ३५ करोड १८ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको पहिलो त्रैमासमा ८५ करोड २४ लाख १० हजार रुपैयाँमा सीमित थियो ।

कर्जा प्रवाह २ खर्ब ४७ अर्ब ९ करोड ६० लाख रुपैयाँ र कुल निक्षेप संकलन ४ खर्ब ५१ अर्ब ३९ करोड ७१ लाख रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३.८३ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ३.८९ प्रतिशतमा पुगेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
13h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा #सूचक
Compare →
Hamro Patro News
1w ago
१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

युनिलिभर नेपाल लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा घटेको हो । चालु आर्थिक वर्षको पहिल...

#नाफा #सूचक #कस्ता
Compare →
Bizshala
5d ago
बाराहीको नाफा ९ प्रतिशत बढ्दा छोटो अवधिको ऋण झन्डै २९ गुणा

बाराहीको नाफा ९ प्रतिशत बढ्दा छोटो अवधिको ऋण झन्डै २९ गुणा

काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेड (बीएचपीएल) को पहिलो त्रैमासमा सञ्चालन आम्दानी १.१७ प्रतिशतले घटे पनि खुद...

#नाफा #गुणा
Compare →

Related Stories

Business & Economy
Build #2612