Trending
Prev Story
Next Story

माछापुच्छ्रे बैंकको नाफा ३२ प्रतिशतले बढ्यो: खराब कर्जा पनि घट्यो

Arthasansar •
November 01, 2026 • 04:35 AM
1
1 reads 0 reactions

माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकका अधिकांश सूचकमा सुधार देखिएको...

माछापुच्छ्रे बैंकको नाफा ३२ प्रतिशतले बढ्यो: खराब कर्जा पनि घट्यो

माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकका अधिकांश सूचकमा सुधार देखिएको हो ।

तीन महिनाको अवधिमा बैंकको नाफा ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ पुगेको छ । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३१.८७ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष सो अवधिमा बैंकले ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.६० प्रतिशतले बढेर १ अर्ब ६८ करोड ६५ लाख २५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त आम्दानी १ अर्ब ४६ करोड २ लाख ४० हजार रुपैयाँ रहेको थियो ।

यता, बैंकको सञ्चालन मुनाफा गत वर्षको पहिलो तीन महिनामा ५९ करोड ८४ लाख ३१ हजार रुपैयाँ रहेकोमा बढेर ८६ करोड २ लाख ५३ हजार रुपैयाँ पुगेको छ । यसैगरी, समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ११ करोड २१ लाख १४ हजार रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड ४२ लाख ८२ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।

बैंकको कुल निक्षेप संकलन २.१८ प्रतिशतले बढेर २ खर्ब २८ अर्ब ३७ करोड २३ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १२.३३ प्रतिशतले बढेर १ खर्ब ७२ अर्ब ६४ करोड ९३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा ४.१३ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३.९७ प्रतिशतमा झरेको छ । असोज मसान्तसम्मको अवधिमा बैंकको प्रतिसेयर आम्दानी १३.४३ रुपैयाँबाट बढेर १७.७१ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ बढेर १५४.०४ रुपैयाँ कायम भएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
5d ago
आशा लघुवित्तको ब्याज आम्दानी बढ्दा पनि खराब कर्जाले नाफा घटायो

आशा लघुवित्तको ब्याज आम्दानी बढ्दा पनि खराब कर्जाले नाफा घटायो

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था (एएलबीएसएल) को खुद ब्याज आम्दानी १७.२२ प्रतिशतले बढे पनि पहिलो त्रैमासको खुद...

#नाफा #खराब #कर्जा
Compare →
Ekantipur
11h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा
Compare →
Hamro Patro News
5d ago
मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ सुरु, आधार दरमै व्यवसाय कर्जा स्वाप गर्ने अवसर

मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ सुरु, आधार दरमै व्यवसाय कर्जा स्वाप गर्ने अवसर

मुक्तिनाथ विकास बैंक लिमिटेडले साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित लक्ष्मीपूजाको अवसर पारेर २०८३ कात्तिक २२ गतेदेखि एसएमई महोत्सव सञ्चालनमा ल्याएको छ। यो विशेष अभि...

#राष्ट्र-बैंक #कर्जा
Compare →
Nagarik News
1d ago
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको छ।

#प्रतिशतले #घट्यो
Compare →

Related Stories

Business & Economy
Build #2611