Trending
Prev Story
Next Story

एभरेष्ट बैंकको नाफा १ अर्ब २५ करोड, खराब कर्जा ०.५० प्रतिशत

Arthasansar •
November 01, 2026 • 04:35 AM
1
1 reads 0 reactions

एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (असोज मसान्तसम्म) को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार...

एभरेष्ट बैंकको नाफा १ अर्ब २५ करोड, खराब कर्जा ०.५० प्रतिशत

एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (असोज मसान्तसम्म) को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा लोभलाग्दो सुधार देखिएको हो ।

तीन महिनाको अवधिमा बैंकले १ अर्ब २५ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा ६.२३ प्रतिशतको वृद्धि हो । गत वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ रहेको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी भने २.९१ प्रतिशतले २ अर्ब ३७ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको उक्त आम्दानी २ अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।

यता, बैंकको सञ्चालन नाफा पनि १ अर्ब ६८ करोड रुपैयाँबाट बढेर १ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । केहि समान्य सुधार देखिएको हो । यसैगरी, बैंकको वितरणयोग्य मुनाफा गत वर्षको सोही अवधिमा ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँ रहेकोमा हाल ३ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३४.७८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४३.०१ रुपैयाँ रहेको छ। यस्तै बैंकको कर्जा प्रवाह र निक्षेप संकलन दुवैमा वृद्धि देखिएको छ। गत आर्थिक वर्षको अन्त्य (असार मसान्त) सम्म ३ खर्ब १६ अर्ब १ करोड ८५ लाख ७७ हजार रुपैयाँ रहेको कुल निक्षेप संकलन ६.५२ प्रतिशतले बढेर असोज मसान्तसम्म ३ खर्ब ३६ अर्ब ६२ करोड ८० लाख ५ हजार रुपैयाँ पुगेको छ। खराब कर्जा समेत घटाउन सफल भएको छ। ०.७४ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर ०.५० प्रतिशत कायम भएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
5d ago
आशा लघुवित्तको ब्याज आम्दानी बढ्दा पनि खराब कर्जाले नाफा घटायो

आशा लघुवित्तको ब्याज आम्दानी बढ्दा पनि खराब कर्जाले नाफा घटायो

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था (एएलबीएसएल) को खुद ब्याज आम्दानी १७.२२ प्रतिशतले बढे पनि पहिलो त्रैमासको खुद...

#नाफा #खुद #खराब
Compare →
Hamro Patro News
1w ago
एभरेष्ट बैंकको वितरणयोग्य मुनाफामा ठूलो गिरावट, खुद ब्याज आम्दानी र नेटवर्थमा पनि संकुचन

एभरेष्ट बैंकको वितरणयोग्य मुनाफामा ठूलो गिरावट, खुद ब्याज आम्दानी र नेटवर्थमा पनि संकुचन

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार एभरेष्ट बैंक लिमिटेडको मुख्य वित्तीय सूचकहरूमा दबाब देखिएको छ । बैंकको निक्षेप तथा कर्जा विस्तारमा केही वृद्धि देखिए तापनि शेयरधनीह...

#एभरेष्ट #राष्ट्र-बैंक #नाफा
Compare →
Ekantipur
6d ago
लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2612