Trending
Prev Story
Next Story

मुस्ताङ भन्सारमा वार्षिक लक्ष्यभन्दा बढी उठ्यो राजस्व, रसुवा र तातोपानी नाका ठप्पै

Ekantipur •
October 31, 2026 • 03:31 PM
1
1 reads 0 reactions

कोरला नाकामा हिउँ परेपछि तिहारका लागि झिकाइएका झिलिमिलि बत्ति, फलफूल तथा मसलाजन्य वस्तु ल्याउन समस्या भएको छ ।

मुस्ताङ भन्सारमा वार्षिक लक्ष्यभन्दा बढी उठ्यो राजस्व, रसुवा र तातोपानी नाका ठप्पै

कोरला नाकामा हिउँ परेपछि तिहारका लागि झिकाइएका झिलिमिलि बत्ति, फलफूल तथा मसलाजन्य वस्तु ल्याउन समस्या भएको छ ।

काठमाडौँ — मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा वार्षिक लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा ९ अर्ब राजस्व संकलनको लक्ष्य थियो । रसुवागढी र तातोपानी नाका बन्द भएपछि सबै कन्टेनर र विद्युतीय मुस्ताङको कोरला नाकाबाट भित्रन थालेपछि साढे तीन महिनामै साढे ११ अर्ब रुपैयाँ राजस्व उठेको हो ।

दुईवटा नाका बन्द भएपछि त्यसको चाप कोरलामा परेको र लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले बताए । ‘नयाँ लक्ष्य निर्धारण गरिसकिएको छैन,’ उनले भने, ‘नाकामा शुक्रबार साँझदेखि हिउँ परेको छ, मौसममा सुधार भएपछि मात्र नाका चल्ने छ ।’ उनका अनुसार शुक्रबार मात्र ९२ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यस नाकाबाट चालु वर्षमा ६ हजार ५ सय वटा विद्युतीय गाडी भित्रिएका छन् ।

यस्तै चालु वर्षमा दुई हजार कन्टेनर भित्रिएको उनको भनाइ छ । चिसो मौसममा पनि खासै नाका बन्द नहुने दाबी उनको छ । ‘गत वर्ष पनि चिसो मौसममा नाका धेरै बन्द भएको होइन, एक साता मात्र बन्द भएको थियो,’ उनले भने, ‘अहिले पनि त्यस्तो समस्या नहोला, सधैं हिउँ पर्ने कुरा पनि हुँदैन ।’ अहिले सबैको चासोको नाका यो भएकाले खुलाउन सहज हुने उनको भनाइ छ । बरु ठाउँ–ठाउँमा सडकका कारण समस्या हुने जोखिम रहेको उनले बताए ।

कोरला नाकाबाट नेपाल प्रवेश गरेको मालबाहक कन्टेनरहरू हिउँले छोपिन थालेको, कर्मचारी र व्यापारीहरू कार्यालय र घरबाट बाहिर निस्केर काम गर्न सक्ने अवस्था नभएको व्यापारीहरू बताउँछन । मुस्ताङ भन्सार कार्यालयका भन्सार अधिकृत नविन श्रेष्ठका अनुसार चीनबाट नेपाल प्रवेश गरेका तीन सयभन्दा बढी मालवाहक कन्टेनर छन् । ती कन्टेनर सीमास्थित सडकमा पार्किङ गरेर राखिएको छ । मुस्ताङको लोमान्थाङको न्हेछुङस्थित मुस्ताङ भन्सार कार्यालय ४ सय मिटभन्दा बढी उचाइमा रहेकाले सामान्य अवस्थामा पनि अत्यधिक चिसोका कारण त्यहाँ बस्न र कारोबार गर्न कठिन हुने गरेको छ ।

अहिले वर्षाले सदरमुकाम जोमसोमबाट सीमातर्फ जाने सडकअन्तर्गत छेसाङलगायतका स्थानमा पहिरो गएको छ । व्यवसायीका अनुसार उक्त सडक तत्काल बनाउन सक्ने अवस्था छैन । नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यकारी सदस्य तथा आयातकर्ता राजेश भण्डारीका अनुसार सीमामा चिसोले कन्टेनरको स्टार्ट बन्द हुने सबैभन्दा ठूलो समस्या छ । सामान्य अवस्थामा पनि कन्टेनरको रेगुलेटरमा रहेको पानी जम्ने, ब्याट्रीले काम नगर्ने जस्ता समस्याले कन्टेनर सञ्चालनमा कठिनाइ हुने गरेको छ । तर हिउँनै परेपछि यो समस्या झन् बढ्ने व्यवसायी बताउँछन् ।

व्यवसायी भण्डारीले मुख्यतः तिहारका लागि झिकाइएका झिलिमिलि बत्ति, फलफूल तथा मसलाजन्य वस्तु भित्र्याउन समस्या भएको बताए । ‘गत भदौदेखि नै कोरलाबाहेक सबै नाका बन्द भएकाले हामीले व्यापारमा ठूलो नोक्सानी व्यहोरेका छौं,’ भण्डारीले भने, ‘हाम्रा लागि सबैभन्दा सजिलो र छोटो नाका तातोपानी हो ।’ तातोपानीबाट आयात गर्न कुनै अवरोध छैन । तर चीनले भदौको दोस्रो सातादेखि नै आयात व्यापार रोकेको छ । तातोपानी भन्सार कार्यालयका अनुसार चालु वर्षमा राजस्व संकलनको वार्षिक लक्ष्य २५ अर्ब २५ करोड रुपैयाँ रहेकामा ११ कात्तिकसम्म १० अर्ब ८१ करोड रुपैयाँ संकलन भएको तातोपानी भन्सार कार्यालयले जनायो ।

यता रसुवा नाका १० भदौको भोटेकोशी बाढीले बगाएको र तातोपानी नाका चीनले बन्द गरेका कारण मुस्ताङको कोरला नाकाबाट मात्र सामान भित्रिरहेको छ । नाका चल्दा रसुवागढीमा कुल आयातको ६० प्रतिशत हिस्सा विद्युतीय सवारीको थियो । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाका अनुसार रसुवागढी नाकाबाट विद्युतीय सवारी, रोल कपडा, जुत्ता चप्पल, जलविद्युत् आयोजनामा प्रयोग हुने मेसिनरी सामान बढी मात्रामा आयात हुने गर्थ्यो ।

‘विद्युतीय गाडी ठूलो संख्यामा यस नाकाबाट आउने गर्थ्यो, २४ असार ०८२ को बाढीपछि धेरैजसो विद्युतीय गाडी सिधै चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालय जाने गर्थ्यो,’ उनले भने, ‘चालु आर्थिक वर्षमा रसुवा भन्सार कार्यालयको राजस्व संकलन लक्ष्य २५ अर्ब ५० करोड रुपैयाँ थियो, जसअनुसार साउनमा १ अर्ब ८६ करोड रुपैयाँ संकलन भयो ।’ भदौमा २ अर्ब ४ करोड लक्ष्य रहेकामा ९ भदौसम्म ९० करोड संकलन भएको थियो ।

१० भदौको बाढीपछि रसुवागढी नाकाको नामोनिसाना रहेन । नाका खुल्ने हो होइन, अझै अन्योल देखिएको छ । अहिले भन्सार विभागमा रसुवा भन्सार कार्यालयको सम्पर्क खोलिएको छ । पहिलाकै ठाउँमा कार्यालय खडा गरेर नाका खोल्न सक्ने अवस्था छैन । राजधानी काठमाडौंबाट करिब १ सय ५२ किलोमिटर उत्तरमा रहेको यस नाकाले नेपाल–चीनबीच हुने आयात–निर्यात व्यापार, राजस्व संकलन, सीमा व्यवस्थापन तथा आर्थिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको थियो । सन् २०१७ मा चीन सरकारले यस नाकालाई अन्तर्राष्ट्रिय नाकाको मान्यता दिएपछि यसको अन्तर्राष्ट्रिय महत्त्व अझ बढेको रसुवा भन्सार कार्यालयले जनायो ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलाबाट साढे ३ महिनामै उठ्यो १२ अर्ब राजस्व

रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलाबाट साढे ३ महिनामै उठ्यो १२ अर्ब राजस्व

रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलाबाट साढे ३ महिनामै उठ्यो १२ अर्ब राजस्व मुस्ताङमा चालु आर्थिक वर्षमा ९ अर्ब राजस्व संकलन लक्ष्य लिएकोमा साढे तीन महिनामै ११ अर्ब ९९ करोड ३४ लाख राजस्व उठेको ह...

#नाका #राजस्व #उठ्यो
Compare →
Nagarik News
1w ago
सुठौली भन्सारमा तीन महिनामै लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजस्व

सुठौली भन्सारमा तीन महिनामै लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजस्व

कपिलवस्तुको सुठौली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो तीन महिनामा लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजस्व संकलन गरेको छ।

#राजस्व #भन्सार #लक्ष्यभन्दा
Compare →
Arthasansar
6d ago
तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहारको सार्वजनिक बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखाहरू खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले भन्सार जाँचपास प्रक्रियालाई...

#नाका #भन्सार
Compare →
Onlinekhabar
1w ago
कोरला नाका : कहिले बाढीपहिरोले छेक्छ, कहिले हिउँले

कोरला नाका : कहिले बाढीपहिरोले छेक्छ, कहिले हिउँले

१९ कात्तिक, पोखरा । असोज ११ गते कालीगण्डकीमा आएको बाढीले बेनी–कोरला सडकको ठाउँ ठाउँमा ठूलो क्षति पुर्‍यायो । भदौ १० गते भोटेकाशी बाढीले रसुवागढी नाका बगाइदिएपछि चीनसँग जोडिएको कोरला नाका विकल्प बनेको थियो । बेनी–कोरला सडकमा …

#नाका #कोरला
Compare →
Bizshala
1w ago
१ अर्ब ३६ करोडको राजस्व चुहावट मुद्दा फेरि सर्‍यो, ‘नेपाल क्यान मुभ’को फैसला अझै अनिश्चित !

१ अर्ब ३६ करोडको राजस्व चुहावट मुद्दा फेरि सर्‍यो, ‘नेपाल क्यान मुभ’को फैसला अझै अनिश्चित !

–रविन ठकुरी काठमाण्डौ । लजिस्टिक कम्पनी ‘नेपाल क्यान मुभ ग्रुप प्रा.लि.’विरुद्ध दायर १ अर्ब ३६ करोड रुपैयाँभन्दा...

#राजस्व
Compare →

Related Stories

Business & Economy
Build #2612