Trending
Prev Story
Next Story

सुठौली भन्सारमा तीन महिनामै लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजस्व

Nagarik News •
November 05, 2026 • 11:35 AM
1
1 reads 0 reactions

कपिलवस्तुको सुठौली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो तीन महिनामा लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजस्व संकलन गरेको छ।

सुठौली भन्सारमा तीन महिनामै लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजस्व

कपिलवस्तुको सुठौली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो तीन महिनामा लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजस्व संकलन गरेको छ।

साउन, भदौ र असोजमा ३८ करोड ४० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ५२ करोड ९७ लाख १९ हजार रुपैयाँ उठेको हो।

भन्सार कार्यालयका प्रमुख किरण विष्टका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ३२ करोड ९१ लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा राजस्व संकलन ६१ प्रतिशतले वृद्धि भएको उनले बताए।

तीनवटै महिनामा भन्सारले निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। असोजमा १४ करोड ४० लाख रुपैयाँ लक्ष्य रहेकामा २३ करोड २९ लाख ८० हजार रुपैयाँ संकलन भएको छ। यो लक्ष्यभन्दा ६१ प्रतिशत बढी हो।

त्यस्तै, भदौमा १२ करोड ८० लाख रुपैयाँ लक्ष्य रहेकामा १७ करोड ३८ लाख ६८ हजार र साउनमा ११ करोड २० लाख रुपैयाँ लक्ष्य रहेकामा १२ करोड २८ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षका लागि सुठौली भन्सारलाई एक अर्ब ६० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको छ। गत आर्थिक वर्षमा कार्यालयले एक अर्ब ५५ करोड सात लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।

भन्सार प्रमुख विष्टले क्वारेन्टाइन स्थापना, फलफूल तथा तरकारीसहित खाद्यान्न र औद्योगिक कच्चा पदार्थको आयात बढ्नुले राजस्व संकलनमा वृद्धि भएको बताए। गत आर्थिक वर्षदेखि धर्मकाँटा सञ्चालनमा आएपछि पनि भन्सारको राजस्व संकलनमा सहयोग पुगेको उनको भनाइ छ।

सुठौली भन्सारबाट सिमेन्ट उत्पादनमा प्रयोग हुने खरानी, जिप्सम, कोइला, बिटुमिन ९अलकत्रा०, धान तथा चामल, फलफूल, तरकारीलगायत खाद्यान्न र उपभोग्य वस्तु आयात हुने गरेको छ।

प्रकाशित: १९ कार्तिक २०८३ १७:२० बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
यारी भन्सारको राजस्व लक्ष्यभन्दा तीन गुणा बढी

यारी भन्सारको राजस्व लक्ष्यभन्दा तीन गुणा बढी

हुम्ला – चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सास्थित यारी भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा कर्मचारी अभाव, इन्टरनेट, सञ्चार, सडक र मौसम प्रतिकूलताबीच लक्ष्यभन्दा तीन गुणाभन्दा बढी र...

#राजस्व #भन्सार #लक्ष्यभन्दा
Compare →
Ekantipur
1w ago
रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलाबाट साढे ३ महिनामै उठ्यो १२ अर्ब राजस्व

रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलाबाट साढे ३ महिनामै उठ्यो १२ अर्ब राजस्व

मुस्ताङमा चालु आर्थिक वर्षमा ९ अर्ब राजस्व संकलन लक्ष्य लिएकोमा साढे तीन महिनामै ११ अर्ब ९९ करोड ३४ लाख राजस्व उठेको हो ।

#राजस्व #महिनामै
Compare →
Onlinekhabar
2d ago
पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

२५ कात्तिक, पोखरा । आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड २७ लाख ७६ हजार रुपैयाँ राजस्व जम्मा गर्ने लक्ष्य …

#राजस्व #लक्ष्यभन्दा
Compare →
Arthasansar
6d ago
तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहारको सार्वजनिक बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखाहरू खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले भन्सार जाँचपास प्रक्रियालाई...

#भन्सार
Compare →
Bizshala
1w ago
१ अर्ब ३६ करोडको राजस्व चुहावट मुद्दा फेरि सर्‍यो, ‘नेपाल क्यान मुभ’को फैसला अझै अनिश्चित !

१ अर्ब ३६ करोडको राजस्व चुहावट मुद्दा फेरि सर्‍यो, ‘नेपाल क्यान मुभ’को फैसला अझै अनिश्चित !

–रविन ठकुरी काठमाण्डौ । लजिस्टिक कम्पनी ‘नेपाल क्यान मुभ ग्रुप प्रा.लि.’विरुद्ध दायर १ अर्ब ३६ करोड रुपैयाँभन्दा...

#राजस्व
Compare →

Related Stories

Business & Economy
Build #2611