Trending
Prev Story
Next Story

रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलाबाट साढे ३ महिनामै उठ्यो १२ अर्ब राजस्व

Ekantipur •
November 04, 2026 • 02:31 PM
1
1 reads 0 reactions

मुस्ताङमा चालु आर्थिक वर्षमा ९ अर्ब राजस्व संकलन लक्ष्य लिएकोमा साढे तीन महिनामै ११ अर्ब ९९ करोड ३४ लाख राजस्व उठेको हो ।

रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलाबाट साढे ३ महिनामै उठ्यो १२ अर्ब राजस्व

मुस्ताङमा चालु आर्थिक वर्षमा ९ अर्ब राजस्व संकलन लक्ष्य लिएकोमा साढे तीन महिनामै ११ अर्ब ९९ करोड ३४ लाख राजस्व उठेको हो ।

काठमाडौँ — मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा वार्षिक लक्ष्यभन्दा बढी राजस्व उठाएको छ । चालु आर्थिक वर्षमा ९ अर्ब राजस्व संकलनको लक्ष्य थियो । रसुवागढी र तातोपानी नाका बन्द भएपछि सबै कन्टेनर र विद्युतीय गाडी मुस्ताङको कोरला नाकाबाट भित्रिन थालेपछि साढे तीन महिनामै १२ अर्ब रुपैयाँ राजस्व उठेको हो ।

दुई वटा नाका बन्द भएपछि त्यसको चाप कोरलामा परेको र लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले बताए । ‘नयाँ लक्ष्य निर्धारण गरिसकिएको छैन,’ उनले भने । मंगलबारसम्म मुस्ताङ भन्सारबाट ११ अर्ब ९९ करोड ३४ लाख रुपैयाँ राजस्व उठेको छ । यस नाकाबाट चालु वर्षमा ६ हजार ६ सय ९७ वटा विद्युतीय गाडी र दुई हजार ८१ कन्टेनर भित्रिएको चुडालले जानकारी दिए ।

चिसो मौसममा पनि खासै नाका बन्द नहुने उनको दाबी छ । ‘गत वर्ष पनि चिसो मौसममा नाका धेरै बन्द भएको होइन, एक साता मात्र बन्द भएको थियो,’ उनले भने, ‘अहिले पनि त्यस्तो समस्या नहोला ।’ अहिले सबैको चासोको नाका यो भएकाले खुलाउन सहज हुने उनले बताए । बरु ठाउँ–ठाउँमा सडकका कारण समस्या हुने जोखिम रहेको उनको भनाइ छ ।

मुस्ताङको लोमान्थाङको न्हेछुङस्थित मुस्ताङ भन्सार कार्यालय ४ सय मिटरभन्दा बढी उचाइमा रहेकाले सामान्य अवस्थामा पनि अत्यधिक चिसोका कारण त्यहाँ बस्न र कारोबार गर्न कठिन हुने गरेको भन्सार अधिकृत नवीन श्रेष्ठले जनाए । हिमपातले गर्दा शनिवारसम्म नाका ठप्प भयो । आइतबार नाका सञ्चालनमा आइसकेको उनले बताए । चीनततर्फ जाने खण्डमा हिउँ परेर आवागमन असहज भएपनि अहिले ठूला सवारी कन्टेनर आउजाउ गर्न थालेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले बताए । ‘बन्द छैन,सुरुमा हिउँ परेर सवारी आवागमन प्रभावित बनेको थियो,’ उनले भने, ‘अहिलेलाई साना गाडीलाई मात्र समस्या हो, मालबहाक गाडी गइरहेका छन् ।’

सीमामा चिसोले कन्टेनरको स्टार्ट बन्द हुने सबैभन्दा ठूलो समस्या छ । सामान्य अवस्थामा पनि कन्टेनरको रेगुलेटरमा रहेको पानी जम्ने, ब्याट्रीले काम नगर्ने जस्ता समस्याले कन्टेनर सञ्चालनमा कठिनाइ हुने गरेको नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यकारी सदस्य तथा आयातकर्ता राजेश भण्डारीले बताए ।

बेलाबेला नाका अवरुद्ध हुँदा तिहारका लागि झिकाइएका झिलिमिली बत्ती, फलफूल तथा मसलाजन्य वस्तु भित्र्याउन समस्या भएको व्यवसायी भण्डारीको भनाइ छ । ‘गत भदौदेखि नै कोरलाबाहेक सबै नाका बन्द भएकाले हामीले व्यापारमा ठूलो नोक्सानी व्यहोरेका छौं,’ भण्डारीले भने, ‘हाम्रा लागि सबैभन्दा सजिलो र छोटो नाका तातोपानी हो ।’ तातोपानीबाट आयात गर्न कुनै अवरोध छैन । तर चीनले भदौ दोस्रो सातादेखि नै आयात व्यापार रोकेको छ । चालु वर्षमा राजस्व संकलनको वार्षिक लक्ष्य २५ अर्ब २५ करोड रुपैयाँ रहेकामा ११ कात्तिकसम्म ४० करोड रुपैयाँ संकलन भएको तातोपानी भन्सार कार्यालयले बताएको छ ।

यता रसुवा नाका १० भदौको भोटेकोशी बाढीले बगाएको र तातोपानी नाका चीनले बन्द गरेका कारण मुस्ताङको कोरला नाकाबाट मात्र सामान भित्रिरहेका छन् । नाका चल्दा रसुवागढीमा कुल आयातको ६० प्रतिशत हिस्सा विद्युतीय सवारीको थियो । रसुवागढी नाकाबाट विद्युतीय सवारी, रोल कपडा, जुत्ता–चप्पल, जलविद्युत् आयोजनामा प्रयोग हुने मेसिनरी सामान बढी मात्रामा आयात हुने रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाको भनाइ छ ।

‘विद्युतीय गाडी ठूलो संख्यामा यस नाकाबाट आउँथे, २४ असार २०८२ को बाढीपछि धेरैजसो विद्युतीय गाडी सिधै चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालय पठाइन्थ्यो,’ उनले भने, ‘चालु आर्थिक वर्षमा रसुवा भन्सार कार्यालयको राजस्व संकलन लक्ष्य २५ अर्ब ५० करोड रुपैयाँ थियो, जसअनुसार साउनमा १ अर्ब ८६ करोड रुपैयाँ संकलन भयो ।’ भदौमा २ अर्ब ४ करोड लक्ष्य रहेकामा ९ भदौसम्म ९० करोड संकलन भएको थियो ।

१० भदौको बाढीपछि रसुवागढी नाकाको नामोनिसाना रहेन । नाका खुल्ने हो, होइन, अझै अन्योल देखिएको छ । अहिले भन्सार विभागमा रसुवा भन्सार कार्यालयको सम्पर्क कार्यालय खोलिएको छ । पहिलाकै ठाउँमा कार्यालय खडा गरेर नाका खोल्न सक्ने अवस्था छैन । राजधानी काठमाडौंबाट करिब १ सय ५२ किलोमिटर उत्तरमा रहेको यस नाकाले नेपाल–चीनबीच हुने आयात–निर्यात व्यापार, राजस्व संकलन, सीमा व्यवस्थापन तथा आर्थिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको थियो । सन् २०१७ मा चीन सरकारले यस नाकालाई अन्तर्राष्ट्रिय नाकाको मान्यता दिएपछि यसको अन्तर्राष्ट्रिय महत्त्व अझ बढेको रसुवा भन्सार कार्यालयले जनायो ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
6h ago
कोरला नाका: चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब बढी राजस्व संकलन

कोरला नाका: चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब बढी राजस्व संकलन

कार्यालयले वार्षिक ९ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा कात्तिक महिना नसकिँदै साढे १२ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको हो।

#कोरला #नाका #महिनामै
Compare →
Hamro Patro News
7h ago
तातोपानी नाका खुलाउन कार्यदल गठन

तातोपानी नाका खुलाउन कार्यदल गठन

सिन्धुपाल्चोक : पटक-पटक बन्द हुँदै आएको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन कार्यदल गठन गरिएको छ। नेपाल हिमालय सीमापार वाणिज्य संघको कार्यालयमा बसेको छलफलले तातोपानी...

#नाका #तातोपानी
Compare →
Onlinekhabar
17h ago
तातोपानी नाका पूर्णरूपमा खाेल्न चीनसँग कूटनीतिक संवाद तीव्र बनाउन माग

तातोपानी नाका पूर्णरूपमा खाेल्न चीनसँग कूटनीतिक संवाद तीव्र बनाउन माग

२७ कात्तिक, काठमाडौं । भोटेकोशी बाढीपछि आंशिक रूपमा मात्र सञ्चालनमा आएको नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानीलाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन कूटनीतिक पहल गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। सिन्धुपाल्चोक क्षेत्र नम्बर-१ का निवर्तमान सांसद माधव सापकोटाको …

#नाका #तातोपानी
Compare →
Bizshala
1d ago
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात करिब ६३ प्रतिशतले घटेको छ...

#नाका
Compare →

Related Stories

Business & Economy
Build #2611