काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबिचको खेल हुने सम्भावना बलियो बनेको छ । वर्षाका कारण प्रभावित खेलका लागि अहिले मैदानबाट कभर हटाउने काम सुरु भएको छ । केही समयदेखि घाम लागेपछि खेल सञ्चालन हुने सम्भावना बढेको हो ।
खेल बेलुकी ५ बजे सुरु हुने तालिका छ । तर, वर्षाका कारण खेल प्रभावित भएमा खेल सुरु गर्न सकिने अन्तिम समय बेलुकी ७ बजेर ४१ मिनेटसम्म रहेको छ । निर्धारित समयभित्र खेल सुरु हुन सके दुवै टोलीबिच प्रतिस्पर्धा हुनेछ । मौसमले साथ दिएमा दर्शकले आजको खेल हेर्न पाउने सम्भावना बढेको छ ।
Read full story at source ( ratopati.com )