हेटौँडा । कुलेखानी जलाशयमा पानीको सतह अधिकतम सीमाको नजिक पुगेपछि हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो मार्ग भीमफेदी–देउराली–कुलेखानी सडकमा १२ घण्टाका लागि सवारी आवागमन बन्द गरिएको छ।
मकवानपुर जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म उक्त सडकमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो। लगातारको वर्षाका कारण जलाशयमा पानीको मात्रा बढ्दै गएको र कुनै पनि बेला बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भएकाले सडक बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।
Read full story at source ( clickmandu.com )