सरकारको योजनाले धेरै विद्यार्थी पढ्ने सामुदायिक विद्यालयमा सुविधा थप्दै आकर्षण बढाउने र शैक्षिक उपलब्धि सुधार्ने अपेक्षा गरिएको छ।
काठमाडौँ — सरकारले धेरै विद्यार्थी भएका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । दुई हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने विद्यालय छनोट गरी सरकारले ठूला विद्यालय निर्माणको योजना अघि बढाएको हो । दुई वर्षअघि सुरु गरिएको यो योजनाअन्तर्गत देशभरका ८९ विद्यालयमा पूर्वाधार निर्माणको काम भइरहेको छ । पर्याप्त कक्षाकोठा र सुविधासम्पन्न संरचना बने विद्यार्थीको आकर्षण बढ्नुका साथै शैक्षिक गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ ।