Trending
Prev Story
Next Story

दिवंगत अभिभावकको स्मृतिमा विद्यालयलाई आर्थिक सहयोग

Nagarik News •
November 12, 2026 • 04:40 AM
1
1 reads 0 reactions

म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँस्थित दीपशिखा माध्यमिक विद्यालयलाई स्थानीय एक दम्पतीले दिवंगत अभिभावकको स्मृतिमा रु। १५ लाख बढी सहयोग गरेका छन्।

दिवंगत अभिभावकको स्मृतिमा विद्यालयलाई आर्थिक सहयोग

म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँस्थित दीपशिखा माध्यमिक विद्यालयलाई स्थानीय एक दम्पतीले दिवंगत अभिभावकको स्मृतिमा १५ लाख रुपैयाँ बढी सहयोग गरेका छन्।

कुहुँको तुसारेपानी घर भई हाल अस्ट्रेलियामा रहेका मुक्ति रोका र टिका रोका दम्पतीले स्वर्गीय बुबा गणेशबहादुर र आमा पोविसरा रोकाको स्मृतिमा उक्त सहयोग गरेका हुन्।

विद्यालयका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले बिहीबारदेखि सञ्चालन हुने शैक्षिक एवं धार्मिक महोत्सव तथा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञका लागि रोका दम्पतीले १५ लाख पाँच हजार ५५५ रुपैयाँ सहयोग गरेकाे बताइन्।

रोका दम्पतीले यसअघि पनि विद्यालयमा १० लाखको अक्षयकोष स्थापना गरेका थिए। उक्त कोषबाट हरेक वर्ष विद्यार्थीलाई खेलकुद तथा अन्य शैक्षिक गतिविधिमा प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन हुँदै आएको छ।

तत्कालीन समयमा मुक्ति रोकाकी आमा पोविसराको दुर्घटनामा निधन भएपछि उनका बुबा तथा तत्कालीन कुहुँ गाविसका सचिव गणेशबहादुर रोकाले २०६३ मा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक पुरस्कार प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेका थिए।

कोरोना सङ्क्रमणका कारण गणेशबहादुरको निधन भएपछि उनीहरूको योगदानको सम्मान गर्दै कोषको नाम गणेशबहादुर र पोविसरा रोका स्मृति अक्षयकोष राखिएको थियो।

यसैबीच विद्यालयमा बिहीबारदेखि सुरु हुने महायज्ञको तयारी पूरा भएको सहायक प्रधानाध्यापक हरिकृष्ण भट्टराईले बताए। मङ्सिर ३ गतेसम्म विद्यालय परिसरमा सञ्चालन हुने महायज्ञमा बुधबारसम्म करिब ४० लाख रुपैयाँ सहयोग प्रतिबद्धता प्राप्त भएको छ।

महायज्ञमा विद्यालयका पूर्वप्रधानाध्यापक भद्रबहादुर क्षेत्रीले पाँच लाख पाँच हजार ५५५, पूर्वविद्यार्थी महेन्द्र घर्तीले तीन लाख ५० हजार र पूर्वसांसद नरबहादुर पुनले तीन लाख  रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

विद्यालयले विपन्न, भौगोलिक रूपमा विकट तथा अपायक स्थानका विद्यार्थीलाई आवासीय सुविधा उपलब्ध गराई अतिरिक्त कक्षा सञ्चालन गर्ने र सिकाइ उपलब्धि वृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेको हो।

महायज्ञबाट तीन करोड सङ्कलन गरी  दुई करोडभन्दा बढी रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको सहायक प्रधानाध्यापक भट्टराईले बताए।

महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले श्रीमद्भागवत कथा वाचन गर्नेछन्। सप्ताहव्यापी महायज्ञमा भागवत पाठपारायण, पूजाआजा, भजनकीर्तन, कलशयात्रा, आरती तथा झाँकी प्रदर्शन लगायत धार्मिक कार्यक्रम सञ्चालन गरिने विद्यालयले जनाएको छ।

प्रविधिको प्रयोग र शैक्षिक गुणस्तर अभिवृद्धि गरी स्थानीय स्तरमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने विद्यालयको लक्ष्य छ। अध्ययनका लागि बालबालिकालाई सहरबजार पठाउनुपर्ने बाध्यता घटाउँदै गाउँमै राम्रो शैक्षिक वातावरण निर्माण गर्न महायज्ञबाट प्राप्त रकम परिचालन गरिने जनाइएको छ।

विसं २०१७ मा स्थापना भएको दीपशिखा माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्म पठनपाठन हुँदै आएको छ। २०४७ देखि माध्यमिक र २०६५ देखि कक्षा ११ र १२ को पढाइ सुरु गरेको विद्यालयमा हाल १९६ विद्यार्थी छन्।

प्रकाशित: २६ कार्तिक २०८३ १०:२५ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
13h ago
देउसी–भैलोबाट सङ्कलित रकम विद्यालयलाई

देउसी–भैलोबाट सङ्कलित रकम विद्यालयलाई

यसवर्ष पाँचपोखरी थाङपाल गाउँपालिकामा देउसी–भैलोबाट जुटेको १० लाख ७३ हजार ७५८ रुपियाँ श्री थाङपालधाप माध्यमिक विद्यालयको शैक्षिक स्त्तरोन्नतिमा लगानी गरिएको छ । प्रधानाध्यापक आत्माराम दंगालका अनुसा...

#विद्यालय
Compare →
Ekantipur
1d ago
विद्यालयले खेलेको देउसीभैलोबाट २६ लाख रुपैयाँभन्दा बढी संकलन

विद्यालयले खेलेको देउसीभैलोबाट २६ लाख रुपैयाँभन्दा बढी संकलन

मकवानपुरको गाउँको एक माध्यमिक विद्यालय परिवारले देउसीभैलो खेलेर २६ लाख रुपैयाँभन्दा बढी रकम संकलन गर्न सफल भएको छ ।

#विद्यालय
Compare →
Onlinekhabar
3d ago
सामुदायिक विद्यालय : अर्बौंको लगानी, बालुवामा पानी

सामुदायिक विद्यालय : अर्बौंको लगानी, बालुवामा पानी

विद्यालयमा विद्यार्थी छन्, शिक्षक छन् र अर्बौंको बजेट छ । तर बालबालिकाले आधारभूत पढाइ र गणितसमेत सिक्न नसक्नुले सार्वजनिक शिक्षाको लगानी, व्यवस्थापन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ । नेपालका करिब २८ हजार सामुदायिक विद्यालयमा ४६ …

#विद्यालय
Compare →
Bizshala
2w ago
एनआईसी एशिया बैंकद्वारा उदयपुरको विद्यालयलाई स्मार्ट डिजिटल बोर्ड सहयोग

एनआईसी एशिया बैंकद्वारा उदयपुरको विद्यालयलाई स्मार्ट डिजिटल बोर्ड सहयोग

काठमाण्डौ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उदयपुरस्थित एक सामुदायिक विद्यालयलाई स्मार्ट...

#विद्यालय
Compare →

Related Stories

Education & Youth
Build #2611