Trending
Prev Story
Next Story

सुशासन ल्याउन हामी शपथ ग्रहणकै दिनदेखि खटिरहेका छौं : रास्वपा सचेतक परियार

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले एक दशकभित्र सम्मानजनक मध्यम आय भएको आत्मनिर्भर राष्ट्र बनाउने सपना रहेको बताएका छन् । विकास, सुशासन, आत्मनिर्भरता र समृद्धिको लक्ष्यसहित आफूहरू शपथ ग्रहणकै दिनदेखि अहोरात्र काममा …

सुशासन ल्याउन हामी शपथ ग्रहणकै दिनदेखि खटिरहेका छौं : रास्वपा सचेतक परियार

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले एक दशकभित्र सम्मानजनक मध्यम आय भएको आत्मनिर्भर राष्ट्र बनाउने सपना रहेको बताएका छन् ।

विकास, सुशासन, आत्मनिर्भरता र समृद्धिको लक्ष्यसहित आफूहरू शपथ ग्रहणकै दिनदेखि अहोरात्र काममा जुटिरहेको उनको भनाइ छ ।

विराटनगरमा आयोजित पार्टी अगुवाहरूसँगको अन्तक्रियामा बोल्दै सचेतक परियारले सम्मानजनक मध्यम आय भएको आत्मनिर्भर नेपाल निर्माण गर्ने रास्वपाको लक्ष्य सामान्य भएको बताएका हुन् ।

जनतासामु गरिएको प्रतिबद्धताअनुसार काम, परिणाम र सुशासन सुनिश्चित गर्न पार्टी तथा सरकार निरन्तर क्रियाशील रहेको उनको भनाई छ ।

‘एक दशक भित्र सम्मानजनक मध्यम आय भएको आत्मनिर्भर दक्षिण एशीयाली राष्ट्र बनाउने हाम्रो सपना चानचुने प्रयासले सम्भव छैन,’ उनी भन्छन्, ‘त्यसैले वाचापत्रअनुसार काम, परिणाम र सुशासन ल्याउन हामी शपथ ग्रहणकै दिनदेखि अहोरात्र खटिरहेका छौं ।’

रास्वपा नेता परियारले जनताको विकास, समृद्धि र सुशासनप्रतिको अपेक्षालाई व्यवहारिक परिणाममा रूपान्तरण गर्नु आफूहरूको प्रमुख जिम्मेवारी भएको बताए । सरकार र पार्टीले जनतासामु गरेका प्रतिबद्धतालाई परिणाममा बदल्न इमानदार प्रयास गरिरहेको उनको भनाइ थियो ।

परियारले संसद्लाई जनताका सवाल उठाउने र सरकारलाई जवाफदेही बनाउने प्रभावकारी थलोका रूपमा प्रयोग गर्नुपर्ने बताए । जनसरोकारका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आफूहरू निरन्तर सिक्ने, कमजोरी सच्याउने र आत्मसुधारको प्रक्रियामा रहेको उनले बताए ।

राजनीतिक दल तथा जनप्रतिनिधिले आफूलाई सधैं सही ठान्नुभन्दा जनताका प्रश्न, आलोचना र सुझावलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

रास्वपाका नेता, सांसद, मन्त्री तथा अन्य अगुवामा पद र शक्तिका कारण अहङ्कार बढ्न सक्ने सम्भावनाप्रति सचेत रहन आग्रह गर्दै परियारले सञ्चारमाध्यम र नागरिक समाजलाई रचनात्मक खबरदारी निरन्तर निगरानी राख्न अपिल गरे ।

‘हामीबाट पनि कमजोरी हुन सक्छ । गलत काम वा गलत कार्यशैली देखिएमा खबरदारी गर्नुस् । पद र शक्तिको अहंकार बढ्न नदिन मिडिया र नागरिक समाजको रचनात्मक निगरानी आवश्यक छ,’ उनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
इन्गेजमेन्ट गरेको २४ घण्टा पनि टिकेन अनु परियारको सम्बन्ध! पाकिस्तानी प्रेमीमाथि गम्भीर आरोप लगाएपछि टिकटक लाइभमै गरिन् यस्तो घोषणा!

इन्गेजमेन्ट गरेको २४ घण्टा पनि टिकेन अनु परियारको सम्बन्ध! पाकिस्तानी प्रेमीमाथि गम्भीर आरोप लगाएपछि टिकटक लाइभमै गरिन् यस्तो घोषणा!

काठमाडौं । सामाजिक सञ्जालमा प्रेम, इन्गेजमेन्ट र व्यक्तिगत सम्बन्धका कारण चर्चामा आएकी टिकटक प्रयोगकर्ता अनु परियारको प्रेम सम्बन्धले अहिले नयाँ मोड लिएको छ। तिहारको भाइटीकाको दिन पाकिस्तानी युवकसँ...

#परियार
Compare →
Nagarik News
2d ago
जेनजी अगुवा रवि किरणले दिदीको हातबाट भाइटीका ग्रहण गर्दै भने- यो आत्मियता बढाउने चार्ड हो

जेनजी अगुवा रवि किरणले दिदीको हातबाट भाइटीका ग्रहण गर्दै भने- यो आत्मियता बढाउने चार्ड हो

जेनजी अगुवा रवि किरण हमालले यस वर्षको भाइटीका चितवन पुगेर मनाएका छन्। उनले चितवनको कैलाशनगरस्थित आफ्नी दिदी लक्ष्मीको हातबाट सप्तरङ्गी टीका, माला तथा आशीर्वाद ग्रहण गरेका हुन्।

#ग्रहण
Compare →

Related Stories

Politics & Governance
Build #2611