Trending
Prev Story
Next Story

जेनजी अगुवा रवि किरणले दिदीको हातबाट भाइटीका ग्रहण गर्दै भने- यो आत्मियता बढाउने चार्ड हो

Nagarik News •
November 11, 2026 • 06:40 AM
1
1 reads 0 reactions

जेनजी अगुवा रवि किरण हमालले यस वर्षको भाइटीका चितवन पुगेर मनाएका छन्। उनले चितवनको कैलाशनगरस्थित आफ्नी दिदी लक्ष्मीको हातबाट सप्तरङ्गी टीका, माला तथा आशीर्वाद ग्रहण गरेका हुन्।

जेनजी अगुवा रवि किरणले दिदीको हातबाट भाइटीका ग्रहण गर्दै भने- यो आत्मियता बढाउने चार्ड हो

जेनजी अगुवा रवि किरण हमालले यस वर्षको भाइटीका चितवन पुगेर मनाएका छन्। उनले चितवनको कैलाशनगरस्थित आफ्नी दिदी लक्ष्मीको हातबाट सप्तरङ्गी टीका, माला तथा आशीर्वाद ग्रहण गरेका हुन्।

भाइटीकाको अवसरमा दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता, प्रेम र सद्भाव साटासाट गर्दै हमालले पारिवारिक वातावरणमा पर्व मनाएका थिए। व्यस्त सार्वजनिक जीवनका बीच चितवन पुगेर दिदीको हातबाट टीका ग्रहण गरेको क्षणलाई विशेष रूपमा हेरिएको छ।

चितवन बसाइका क्रममा हमालले विभिन्न क्षेत्रका व्यक्तित्वसँग भेटघाट तथा छलफलसमेत गरेका थिए। भेटघाटका क्रममा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा विचारविमर्श भएको बताइएको छ।

भाइटीकाका दिन सार्वजनिक र राजनीतिक गतिविधिभन्दा पारिवारिक आत्मीयतालाई प्राथमिकता दिँदै दिदीको हातबाट टीका र आशीर्वाद ग्रहण गरेका हमालको तिहार दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको पर्व भएको बताएका छन् ।

प्रकाशित: २५ कार्तिक २०८३ १२:२५ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
2d ago
भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीका लगाएपछि चितवन र आसपासका क्षेत्रबाट पर्यटक घुम्न सौराहा पुगेका छन् । तर घोप्टेभीरको पहिरोका कारण पर्यटक आवागमन भने सोचेजति हुन नसकेको व्यवसायीले बताए ।

#चितवन #भाइटी
Compare →
Hamro Patro News
1d ago
दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता

दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता

भैरहवा । दिदीबहिनी नभए पनि भाइटीकाको उल्लास र महत्वलाई आत्मसात् गर्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित जनकपथ निवासी दुई दाजुभाइले एक–अर्कालाई टीका लगाउँदै आएका छन् । १२ वर्षीय ...

#दिदी #भाइटी
Compare →

Related Stories

Politics & Governance
Build #2611