भाइटीका लगाएपछि चितवन र आसपासका क्षेत्रबाट पर्यटक घुम्न सौराहा पुगेका छन् । तर घोप्टेभीरको पहिरोका कारण पर्यटक आवागमन भने सोचेजति हुन नसकेको व्यवसायीले बताए ।
चितवनको पर्यटकीय नगरी सौराहामा भाइटीकाको दिन बुधबार आन्तरिक पर्यटकहरूको चहलपहल बढेको छ । भाइटीका लगाएपछि चितवन आसपासलगायतका ठाउँबाट आन्तरिक पर्यटकहरू घुम्न सौराहा पुगेका थिए । आन्तरिक पर्यटकहरू जीप सफारी, ड्याम साइड, हात्ती प्रजनन तथा तालिम केन्द्रमा घुमघाम गर्न व्यस्त थिए । यस वर्ष दसैंमा मात्रै २० हजार बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका थिए । तिहारमा पनि पर्यटकहरू सौराहा तथा निकुञ्ज भ्रमणमा निस्किएका छन् । तर केही दिनदेखि इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा खसेको सुक्खा पहिरोका कारण भने सोचेजतिको पर्यटक आवागमन नभएको सौराहाका पर्यटन व्यवसायी शिरलाल परियारले जानकारी दिए ।
राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।