Trending
Prev Story
Next Story

म्यान अफ द म्याचको पुरस्कार सडकका जनावरको संरक्षणमा खर्च गर्ने सोमपालको घोषणा

Ekantipur •
October 30, 2026 • 07:31 AM
1
1 reads 0 reactions

बिहीबारको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेपछि सोमपालले सामाजिक सञ्जालमार्फत पुरस्कार रकम सृजना ठकुरीलाई सहयोगस्वरूप दिने बताएका हुन् ।

म्यान अफ द म्याचको पुरस्कार सडकका जनावरको संरक्षणमा खर्च गर्ने सोमपालको घोषणा

बिहीबारको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेपछि सोमपालले सामाजिक सञ्जालमार्फत पुरस्कार रकम सृजना ठकुरीलाई सहयोगस्वरूप दिने बताएका हुन् ।

काठमाडौँ — कर्णाली याक्सका कप्तान सोमपाल कामीले विराटनगर किङ्सविरुद्धको खेलमा जितपछि आफूले प्राप्त गरेको ‘प्लेयर अफ द म्याच’ पुरस्कारबापतको शतप्रतिशत रकम सडकका जनावरको संरक्षणमा खर्च गर्ने घोषणा गरेका छन् ।

बिहीबारको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेपछि सोमपालले सामाजिक सञ्जालमार्फत पुरस्कार रकम सृजना ठकुरीलाई सहयोगस्वरूप दिने बताएका हुन् । उक्त रकम सडकमा रहेका जनावरको संरक्षण र सहायतामा खर्च गरिने उनले उल्लेख गरेका छन् ।

‘आजको रात क्रिकेटमा मात्र सीमित थिएन । जब तपाईंलाई किनारामा धकेल्ने प्रयास गरिन्छ, तब हार मान्ने होइन, मैदानमै आफ्नो प्रदर्शनबाट जवाफ दिनुपर्छ,’ उनले लेखेका छन्, ‘उत्कृष्ट प्रदर्शन गर्न पाउँदा अविश्वसनीय महसुस भइरहेको छ । तर व्यक्तिगत उपलब्धिभन्दा पनि आफ्नो कर्णाली याक्स परिवारको जितमा योगदान दिन पाउनु मेरा लागि महत्त्वपूर्ण छ ।’

उनले कर्णाली याक्सको जर्सी लगाएर फ्रेन्चाइजका लागि खेल्न पाउनु सम्मानको विषय भएको बताएका छन् । साथै आफूलाई साथ दिने र विश्वास गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

‘हरेक सानो पाइलाको पनि महत्त्व हुन्छ,’ सडकका जनावरको संरक्षणबारे उनले लेखेका छन् । उनले आगामी खेलमा पनि यही लय कायम राख्दै अघि बढ्ने बताएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै तिहारलाई तिहारकै रूपमा मनाउन संविधानविद् अधिकारीको आग्रह

नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै तिहारलाई तिहारकै रूपमा मनाउन संविधानविद् अधिकारीको आग्रह

काठमाडौँ / संविधानविद् तथा विश्लेषक विपिन अधिकारीले नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै तिहारलाई तिहारकै रूपमा मनाउन आग्रह गरेका छन् ।

#संरक्षण
Compare →
Onlinekhabar
5d ago
सन्धिखर्कमा छाडा कुकुरको संरक्षण अभियान

सन्धिखर्कमा छाडा कुकुरको संरक्षण अभियान

२२ कात्तिक, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले बजार क्षेत्रमा रहेका छाडा तथा सामुदायिक कुकुरको संरक्षण, स्वास्थ्य उपचार र व्यवस्थापनका लागि विशेष अभियान सञ्चालन गरेको छ। कुकुरलाई सडकमा बेवारिसे छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै तिनको नियमित उपचार, औषधोपचार, …

#संरक्षण
Compare →
Nagarik News
7h ago
गुरुकुल शिक्षाको संरक्षण र आधुनिकीकरणका लागि गण्डकी प्रदेशस्तरीय सम्मेलन हुँदै

गुरुकुल शिक्षाको संरक्षण र आधुनिकीकरणका लागि गण्डकी प्रदेशस्तरीय सम्मेलन हुँदै

गुरुकुल शिक्षाको संरक्षण, संवर्द्धन, गुणस्तर अभिवृद्धि र युगानुकूल रूपान्तरणका लागि गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन हुने भएको छ।

#संरक्षण
Compare →

Related Stories

World News
Build #2611