Trending
Prev Story
Next Story

कपिलवस्तुमा बेवारिसे अवस्थामा झण्डै २३ लाख बराबरका सेक्स टोयज बरामद

Ekantipur •
October 30, 2026 • 07:31 AM
1
1 reads 0 reactions

कृष्णनगर नगरपालिका–२ स्थित महेन्द्र पार्कनजिकबाट बिहीबार २२ लाख ९३ हजार १०० रुपैयाँ मूल्य बराबरका विभिन्न यौन खेलौना तथा चार्जर बरामद गरिएको हो ।

कपिलवस्तुमा बेवारिसे अवस्थामा झण्डै २३ लाख बराबरका सेक्स टोयज बरामद

कृष्णनगर नगरपालिका–२ स्थित महेन्द्र पार्कनजिकबाट बिहीबार २२ लाख ९३ हजार १०० रुपैयाँ मूल्य बराबरका विभिन्न यौन खेलौना तथा चार्जर बरामद गरिएको हो ।

कपिलवस्तु — यौनजन्य क्रियाकलापका लागि प्रयोग गरिने करिब २३ लाख रुपैयाँ बराबरका कृत्रिम सामग्री (सेक्स टोयज) बरामद गरिएको छ ।

कृष्णनगर नगरपालिका–२ स्थित महेन्द्र पार्कनजिकबाट बिहीबार २२ लाख ९३ हजार १०० रुपैयाँ मूल्य बराबरका विभिन्न यौन खेलौना तथा चार्जर बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय कृष्णनगरको पाँच सदस्यीय टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।

प्रहरीले महिलाका लागि प्रयोग हुने सात लाख १२ हजार रुपैयाँ मूल्यका ३६५ थान भाइब्रेटर बरामद गरेको छ । त्यस्तै, पुरुषका लागि प्रयोग हुने एक लाख ४४ हजार रुपैयाँ बराबरका ९९ थान सेक्स टोयज बरामद गरिएको छ । त्यसैगरी महिलाका लागि प्रयोग हुने १२ लाख २८ हजार रुपैयाँ मूल्यका ३२९ थान सेक्स टोयजसमेत बरामद गरिएको छ । सेक्स टोयमा प्रयोग हुने दुई लाख आठ हजार ६०० रुपैयाँ मूल्यका एक हजार ४७६ थान चार्जर पनि प्रहरीले बरामद गरेको छ ।

बरामद सामान कसले र कहाँबाट ल्याएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ । सामान कानुनी प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय कृष्णनगरमा राखिएको छ । प्रक्रिया पूरा गरेपछि बरामद सामान कृष्णनगर भन्सार कार्यालयमा बुझाउने बताइएको छ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
4d ago
जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख  बढी रकम बरामद

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख बढी रकम बरामद

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...

#बरामद #अवस्थामा
Compare →
Hamro Patro News
1d ago
बेवारिसे अवस्थामा भरुवा बन्दुक र छर्रा बरामद

बेवारिसे अवस्थामा भरुवा बन्दुक र छर्रा बरामद

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका–९ बोखिमटरस्थित दूधकोशी सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक र छर्रा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरद्वारा जारी प्रेस विज्ञप्तिअनुसार बुधबा...

#बेवारिसे #अवस्थामा #बरामद
Compare →
Onlinekhabar
14h ago
मोरङका दुई स्थानमा आगलागी, ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

मोरङका दुई स्थानमा आगलागी, ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

२७ कात्तिक, काठमाडौं । मोरङको दुई छुट्टाछुट्टै स्थानमा आगलागी भएको छ । प्रहरीका अनुसार रंगेली नगरपालिका-८ निचामारी मुसरी टोल बस्ने झबु रिसिदेबको घरमा बिहीबार साँझ आगलागी भएको छ । आगलागीबाट करिब ५ लाख रूपैयाँ …

#बराबर
Compare →
Bizshala
1d ago
खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

काठमाण्डौ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा प्रहरीले २३१ किलो ८००...

#बरामद
Compare →
Nagarik News
1d ago
नाचगानसहित कपिलवस्तुमा सेलाइयो ३०७ लक्ष्मीका मूर्ति

नाचगानसहित कपिलवस्तुमा सेलाइयो ३०७ लक्ष्मीका मूर्ति

कपिलवस्तुमा दिपावली तिहारमा निकालिएका ३ सय ७ लक्ष्मीको मुर्ति बिर्सजन गरिएको छ । यस्तै शान्ति सुरक्षामा अत्यन्तै संबेदनशील मानिएको कपिलवस्तुको कृष्णगनरमा समेत सुरक्षा घेरामा लक्ष्मीको मूर्ति बिसर्जन गरिएको छ।

#कृष्णनगर #कपिलवस्तु
Compare →

Related Stories

Education & Youth
Build #2611