Trending
Prev Story
Next Story

तालिबानको प्रतिबन्धबीच परम्परा जोगाउने प्रयासमा अफगान संगीतकार

Ekantipur •
October 30, 2026 • 07:31 AM
1
1 reads 0 reactions

सन् २०२१ मा सत्ता कब्जा गरेको तालिबान सरकारले २०२२ देखि अफगानिस्तानभरि धार्मिक भजन बाहेक अन्य सबै प्रकारका संगीतमा पूर्ण प्रतिबन्ध लगाइएको छ । त्यसअघि काबुललाई संगीतको राजधानी नै मानिन्थ्यो ।

तालिबानको प्रतिबन्धबीच परम्परा जोगाउने प्रयासमा अफगान संगीतकार

सन् २०२१ मा सत्ता कब्जा गरेको तालिबान सरकारले २०२२ देखि अफगानिस्तानभरि धार्मिक भजन बाहेक अन्य सबै प्रकारका संगीतमा पूर्ण प्रतिबन्ध लगाइएको छ । त्यसअघि काबुललाई संगीतको राजधानी नै मानिन्थ्यो ।

काबुल — कुनै समय थियो, काबुलका सडक तथा गल्लीहरूमा संगीत खुब गुञ्जिन्थ्यो । चियापसल होस् वा रेस्टुरेन्टबाट निस्किएका ती सुरिला धुनहरूले अफगानिस्तानको राजधानी काबुललाई संगीतको सहरका रूपमा प्रख्यात बनाएको थियो ।

तर, ती दिन अब इतिहास बनिसकेका छन् ।

सन् २०२२ देखि अफगानिस्तानभरि संगीत बजाउन वा सुन्न आधिकारिक रूपमा पूर्ण प्रतिबन्ध लगाइएको छ । सन् २०२१ मा सत्ता कब्जा गरेको तालिबान सरकारले धार्मिक भजन (वाद्ययन्त्रविनाका गायन) बाहेक अन्य सबै प्रकारका संगीतमा रोक लगाएको छ । तालिबानको सद्गुण प्रवर्द्धन तथा दुराचार निवारण मन्त्रालयका भ्रामक एवं कठोर नियममार्फत यो प्रतिबन्ध लागू गरिएको हो ।

जबसम्म म जीवित रहन्छु, रुबाब बजाइरहनेछु । गोप्य रूपमा बजाउनुपर्ला, तर यो हाम्रो संस्कृति हो, अफगान परम्परा हो, जसलाई पुनर्जीवित गर्न म लडिरहनेछु । मन्त्रालयका प्रवक्ता सैफ उल इस्लाम खैबर भन्छन्, ‘इस्लाममा संगीत वर्जित छ । यसले सैतानलाई आनन्द दिन्छ र अन्य विभिन्न विकृतिहरूतर्फ लैजान्छ । कसैलाई पनि संगीत सुन्न, गीत रेकर्ड गर्न वा सांगीतिक धुन सिर्जना गर्न अनुमति छैन ।’

तालिबानले सत्ता कब्जा गरे लगत्तै यहाँका अधिकांश संगीतकार तथा कलाकारहरू देश छोडेर भाग्न बाध्य भए । देशभित्रै रहेका गायक, संगीतकार वा कलाकारहरूले पनि तालिबानीको तोडफोड र कारबाहीबाट बचाउन आफ्ना बाजागाजा विदेशी साथीहरूमार्फत बाहिर पठाए वा घरभित्रै लुकाएर राखे ।

काबुलको पुरानो सहरस्थित संगीतकारहरूको बाहुल्य रहेको क्षेत्र ‘कुचा–ए–खराबात’का पसलहरूमा अब बाजा होइन, खाद्यान्न, कपडा र घरायसी सामान बिक्रीमा राखिएका छन् ।

समग्र अफगानिस्तानमा संगीतकारहरूले रातारात आफ्नो रोजीरोटी गुमाए । तर, पुस्तौंदेखि रगत–रगतमा बगेको संगीतलाई पूर्ण रूपमा त्याग्न उनीहरूका लागि असम्भवप्रायः भने छ । समातिने र जेल परिने त्रासका बीच पनि केही संगीतकारहरू ढोका बन्द गरेर गोप्य रूपमा आफ्ना बाजा सहिसलामत राखिरहेका छन् ।

जुन दिन मैले बाजाहरू त्रिपालले ढाकें, लाग्यो आफैं त्यो कपडामुनि जिउँदै पुरिएको छु, संगीतले मलाई जीवन, प्रसिद्धि र पहिचान दिएको थियो । संगीतविना कलाकार आत्माविनाको लाश जस्तै हो । एउटा साँघुरो गल्लीभित्रको सानो घरमा एक संगीतकारले हातले कुँदिएका तीनवटा काठका रुबाब (अफगान परम्परागत बाजा) निकाले । रुबाबलाई काखमा राखेर उनले बजाउन सुरु गर्दा त्यो सानो कोठा संगीतको सुमधुर धुनले गुञ्जायमान भयो । ‘जबसम्म म जीवित रहन्छु, रुबाब बजाइरहनेछु,’ ती संगीतकारले भने, ‘सायद गोप्य रूपमा बजाउनुपर्ला, तर म यसलाई चुप हुन दिनेछैन । यो हाम्रो संस्कृति हो, अफगानिस्तानको परम्परा हो, जसलाई पुनर्जीवित गर्न म लडिरहनेछु ।’

काबुलकै अर्को कुनामा रहेका एक गायकको अठोट पनि उस्तै छ । ‘अहिले खुला रूपमा संगीत प्रस्तुत गर्न नसकिएला, तर कसैले पनि यसलाई हाम्रो हृदयबाट मेटाउन सक्दैन,’ उनले भने, ‘चाहे गोप्य रूपमा होस् वा सपनामा, हामी गाइरहनेछौं, बजाइरहनेछौं ।’

सुरक्षाको कारण दुवैले आफ्नो नाम भने गोप्य नै राख्न अनुरोध गरे ।

तालिबान आउनुअघि कन्सर्ट र उत्सवहरूमा खुब गाउने ती गायकले यतिबेला आफ्ना रुबाब, हर्मोनियम, बाँसुरी, तबला र किबोर्ड त्रिपालले ढाकेर लुकाएका छन् । ‘जुन दिन मैले बाजाहरू ल्याएर त्रिपालले ढाकें, लाग्यो म आफैं त्यो कपडामुनि जिउँदै पुरिएको छु,’ उनले भावुक हुँदै भने, ‘संगीतले मलाई जीवन, प्रसिद्धि र पहिचान दिएको थियो । संगीतविना कलाकार आत्माविनाको लाश जस्तै हो ।’

कहिलेकाहीं उनी ती लुकाइएका बाजाहरू अगाडि उभिएर रुन्छन् र बजाउन नपाएकामा बाजाहरूसँगै माफी माग्छन् ।

माथि उल्लेखित रुबाब वादक पहिले एउटा संगीत पाठशालामा अध्यापन गर्थे र उनको आफ्नै परम्परागत बाजाको पसल पनि थियो । उनका बुबा र बाजे पनि संगीतकार नै थिए । तर तालिबान आएपछि उनले पसल बन्द गरे र धेरै बाजा विदेश पठाए, केही आफुसँगै कतै लुकाएर राखे ।

व्यापार बन्द हुँदा उनी आर्थिक र भावनात्मक रूपमा मर्महत बने । पसल बन्द भएको केही समयपछि नै उनका बुबाको हृदयघातका कारण निधन भयो । बुबाले पसल बन्द गर्नुपर्दाको पीडा सहनै नसकेकोले हृदयघात कै कारण निधन भएको उनी बताउँछन् ।

कुनै समय संगीत पढाएर र बाजागाजाकै पसल चलाएर उनले दैनिक १० हजार अफगानी (करिब १५० अमेरिकी डलर) सम्म कमाउँथे । तर अहिले उनी दैनिक ज्यामी काम गरेर मुस्किलले १ सय अफगानी (डेढ डलर) मात्र कमाउँछन् । श्रीमती र बालबच्चा पाल्न उनलाई धौ–धौ परिरहेको छ । यस्तै, दुई वर्षसम्म बेरोजगार रहेका गायकले पनि साथीहरूको सहयोगमा अहिले सानो व्यवसाय सुरु गरेका छन् ।

यो मेरो बुबाको नासो हो । र, म यो विरासत अघि बढाउन चाहन्छु, पुस्तान्तरणको यो क्रम रोकिनु हुँदैन । प्रतिबन्धको सुरुआती दिनहरूमा केही गोप्य सांगीतिक कार्यक्रमहरू हुने गर्थे । तर अहिले त्यो पनि पूर्णतः बन्द भएको छ । ‘दिनप्रतिदिन स्थिति झनै कडा हुँदै गयो । गुप्तचरहरू हामीजस्ता कलाकारको खोजीमा सक्रिय भए,’ चार वर्षदेखि कुनै पनि गोप्य कार्यक्रममा सहभागी नभएका ती गायकले दुःख पोखे, ‘जोखिम धेरै छ, साना बालबच्चा भएकाले म जेल पर्न चाहन्नँ ।’

रुबाब वादक सहभागी भएको एउटा गोप्य कार्यक्रममा त कसैले फोटो खिचेर पठाएका आधारमा प्रहरीले छापा नै मारेको थियो । धेरैजना पक्राउ परे पनि उनी भने जसोतसो उम्कन सफल भएका थिए । त्यसयता उनले पनि यस्ता जमघटमा बजाएका छैनन् ।

बाजे र बुबाबाट सिकेको यो कला रुबाब वादकले आफ्ना जेठा छोरालाई सिकाउन सुरु गर्ने निर्णय गरेका छन् । ‘यो मेरो बुबाको नासो हो । र, म यो विरासत अघि बढाउन चाहन्छु,’ उनी भन्छन्, ‘पुस्तान्तरणको यो क्रम रोकिनु हुँदैन ।’

अफगान समाज र संस्कृतिमा संगीत यसरी बाँधिएको छ कि यसलाई कहिल्यै पूर्ण रूपमा मास्न नसकिने ती गायकको विश्वास छ । उनी भन्छन्, ‘कसैले पनि अफगान समाजबाट संगीतलाई अलग गर्न सक्दैन । यी दुई नङ र मासु जस्तै अन्तर्सम्बन्धित छन् ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
तालिबान सरकारद्वारा अमेरिकी निर्वासन योजनाप्रति चिन्ता व्यक्त

तालिबान सरकारद्वारा अमेरिकी निर्वासन योजनाप्रति चिन्ता व्यक्त

अफगानिस्तानका तालिबान अधिकारीहरूले सोमबार वासिङ्टनले धेरै अफगान आप्रवासीहरूलाई आफ्नो देश फर्काउने उद्देश्यले पाकिस्तानमा निर्वासित गर्ने योजना बनाएको रिपोर्ट प्रति गम्भिर चिन्ता व्यक्त गरेका छन्।

#तालिबान
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611