Trending
Prev Story
Next Story

कर, शुल्क तथा जरिवाना नतिरेका कम्पनीलाई तिर्ने म्याद तीन महिना थपियो

Ekantipur •
October 29, 2026 • 02:02 PM
1
1 reads 0 reactions

अर्थ मन्त्रालयको यही कात्तिक ९ गतेको निर्णय अनुसार म्याद आउँदो पुससम्म थप गरिएको हो । यसअघि यस्तो म्याद असोजसम्म थियो ।

कर, शुल्क तथा जरिवाना नतिरेका कम्पनीलाई तिर्ने म्याद तीन महिना थपियो

अर्थ मन्त्रालयको यही कात्तिक ९ गतेको निर्णय अनुसार म्याद आउँदो पुससम्म थप गरिएको हो । यसअघि यस्तो म्याद असोजसम्म थियो ।

काठमाडौँ — लामो समयदेखि कर, शुल्क, दस्तुर, जरिवाना नगरेका कम्पनीहरुलाई तिर्ने म्याद तीन महिना (आउँदो) पुससम्म थपिएको छ ।

अर्थ मन्त्रालयको यही कात्तिक ९ गतेको निर्णय अनुसार म्याद आउँदो पुससम्म थप गरिएको हो । यसअघि यस्तो म्याद असोजसम्म थियो ।

अब त्यस्ता कम्पनीले पुस २०८३ सम्म कर, शुल्क, जरिवानालगायत रकम भुक्तानी गरे सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज वा जरिवाना मिनाहा हुनेछ ।

‘कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहासम्बन्धी व्यवस्था पेश गर्ने म्याद २०८३ पुस मसान्तसम्म थप कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले सम्बन्धित कानूनले तोके बमोजिम म्यादभित्र विवरण पेश नगरेको, नवीकरण नगरेको वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना दाखिल नगरेको भएमा त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२/८३ को लागि कानून बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण २०८३ पुस मसान्तभित्र पेश गरेमा सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना मिनाहा हुनेछ,’ अर्थ मन्त्रालयको सूचनामा भनिएको छ, ‘२०८३ कात्तिक ९ गतेको निर्णयबाट यो म्याद २०८३ असोज मसान्तबाट बढाई २०८३ पुस मसान्तसम्म कायम गरिएको छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
कम्पनीलाई जरिवाना छुटको अवसर, पुस मसान्तसम्म म्याद थप

कम्पनीलाई जरिवाना छुटको अवसर, पुस मसान्तसम्म म्याद थप

काठमाडौँ । लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा नगएका कम्पनीलाई जरिवाना छुटसहित विवरण...

#म्याद #जरिवाना #कम्पनीलाई
Compare →
Hamro Patro News
1w ago
कम्पनीको बक्यौता कर र जरिवाना छुटको म्याद थप

कम्पनीको बक्यौता कर र जरिवाना छुटको म्याद थप

सरकारले दर्ता खारेजी वा कारोबार सञ्चालनलाई निरन्तरता दिन चाहने कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा थप गरेको छ ।

#जरिवाना #म्याद
Compare →
Nagarik News
1w ago
कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा दुई महिना थप गरिएको हो।

#जरिवाना #म्याद
Compare →
Onlinekhabar
6d ago
शारदा नगरपालिकामा न्यूनतम विद्युत् शुल्क निःशुल्क

शारदा नगरपालिकामा न्यूनतम विद्युत् शुल्क निःशुल्क

२१ कात्तिक, सल्यान । सल्यानको शारदा नगरपालिकाले नगरवासीलाई आर्थिक राहत प्रदान गर्ने उद्देश्यले न्यूनतम विद्युत् शुल्क निःशुल्क गर्ने कार्यक्रम लागू गर्ने भएको छ । आगामी २०८३ साल मङ्सिर महिनादेखि कार्यान्वयनमा आउने यस कार्यक्रमबाट ५ एम्पियर क्षमताको …

#शुल्क
Compare →

Related Stories

Business & Economy
Build #2611