Trending
Prev Story
Next Story

रातको समय बेँसीसहर–चामे सडकमा सवारी साधन सञ्चालनमा रोक

Ekantipur •
October 29, 2026 • 02:02 PM
1
1 reads 0 reactions

जिल्ला प्रशासन कार्यालयले १२ देखि १५ कात्तिकसम्म लमजुङ हुँदै मनाङको सिमानासम्म सवारी साधनलाई राति ७ बजेदेखि बिहान ६ बजेसम्म आवागमनमा रोक लगाएको जनाएको छ ।

रातको समय बेँसीसहर–चामे सडकमा सवारी साधन सञ्चालनमा रोक

जिल्ला प्रशासन कार्यालयले १२ देखि १५ कात्तिकसम्म लमजुङ हुँदै मनाङको सिमानासम्म सवारी साधनलाई राति ७ बजेदेखि बिहान ६ बजेसम्म आवागमनमा रोक लगाएको जनाएको छ ।

लमजुङ — सम्भावित भारी वर्षा, बाढीपहिरो, हिमपातसहित विपद्को जोखिमलाई मध्यनजर गर्दै मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडकमा रातको समय सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङले सूचना जारी गरी रातिको समयमा अनावश्यक यात्रा नगर्न र सुरक्षित रहन आग्रह गरेको छ ।

प्रशासनले १२ देखि १५ कात्तिकसम्म लमजुङ हुँदै मनाङको सिमानासम्म सवारी साधनलाई राति ७ बजेदेखि बिहान ६ बजेसम्म आवागमनमा रोक लगाएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले हिमपात र वर्षा हुँदा मर्स्याङ्दी नदी र आसपासका खोलाहरू बढ्न सक्ने, सडकमा पहिरो खस्न र झर्न सक्ने भन्दै रातको समय उद्धार गर्न कठिन हुने भएकाले बेँसीसहर–चामे सडक रातको समय बन्द गर्नुपरेको बताए ।

जिल्ला प्रशासन कार्यालय मनाङले पनि लमजुङतर्फ सीमाक्षेत्रसम्म रातको समय सवारी आवागमनमा रोक लगाएको जनाएको छ । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले हिमपात, वर्षा हुँदा बाढीपहिरोको सम्भावना बढ्ने भएकाले रातको समय यात्रा गर्न रोक लगाएको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय लमजुङले सम्भावित विपद्को अवधिमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध समेत गरेको छ । भारी वर्षाका कारण बाढीपहिरो, सडक अवरुद्ध हुने तथा अन्य जोखिम निम्तिन सक्ने भएकाले सुरक्षित स्थानमा रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले बताए ।

नदी किनार, सडक छेउछाउ तथा बाढीपहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन समेत प्रशासनले आग्रह गरेको छ । कृषि कार्यमा संलग्न किसानलाई पनि मौसमको प्रतिकूलतालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
कुलेखानी-हेटौँडा सडकमासवारी सञ्चालनमा कडाइ, ८ बजेपछि फर्पिङ कट्न नपाइने

कुलेखानी-हेटौँडा सडकमासवारी सञ्चालनमा कडाइ, ८ बजेपछि फर्पिङ कट्न नपाइने

काठमाडौँ – काठमाडौँ–फर्पिङ-कुलेखानी-हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले रात्रिकालीन यात्रुवाहक सवारी सञ्चालनमा समयसीमा लागू गरेको छ। काठमाडौँका प्रमुख जिल्...

#सवारी #सडकमा #सञ्चालनमा
Compare →
Nagarik News
1d ago
घोप्टेभिर एकतर्फी सञ्चालन, सवारी साधनको उच्च चाप

घोप्टेभिर एकतर्फी सञ्चालन, सवारी साधनको उच्च चाप

पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।

#सवारी #साधन
Compare →
Arthasansar
13h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#सवारी
Compare →
Onlinekhabar
1d ago
तिहारको समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु

तिहारको समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु

२५ कात्तिक, काठमाडौं । तिहारको अवधिमा काठमाडौं उपत्यकामा भएको सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् । कात्तिक २१ गतेदेखि २५ गते भाइटीकासम्मको अवधिमा ७८ वटा सवारी दुर्घटनाहरू भएको र दुर्घटनामा ५ जनाको मृत्यु भएको काठमाडौं …

#सवारी
Compare →

Related Stories

Science & Climate
Build #2611