Trending
Prev Story
Next Story

घोप्टेभिर एकतर्फी सञ्चालन, सवारी साधनको उच्च चाप

Nagarik News •
November 12, 2026 • 03:38 AM
1
1 reads 0 reactions

पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।

घोप्टेभिर एकतर्फी सञ्चालन, सवारी साधनको उच्च चाप

पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा आइतबार, सोमबार र मङ्गलबार लगातार खसेको सुक्खा पहिरो पन्छाएर मङ्गलबार दिउँसो १ः४० बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल थापाका अनुसार चाडपर्वका कारण सवारीको चापले गर्दा दुईतर्फी यातायात सञ्चालनमा ल्याउन कठिन भएको हो। उनले भने, 'पहिरो ठूलो हुँदा र मजदुर बिदामा जाँदा सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याउन कठिन भएको हो।'

पहिरो पन्छाउने उकरणहरू तयारी अवस्थामा राखिएकाले सामान्य पहिरो खसेमा तत्काल सफा गर्ने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ।

मौसमको अनुकूलता, सवारी चाप र अन्य अवस्था हेरेर मात्र सडक दुईतर्फी सञ्चालनमा ल्याइने छ। यस सडक हुँदै सङ्घीय राजधानी काठमाडौं भित्रने र बाहिरिने गाडी तथा यात्रुलाई विभिन्न समयमा खस्ने पहिरोले समस्या पार्ने गर्दछ।

सडक एकतर्फी खुले पनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीको आग्रह छ।

प्रकाशित: २६ कार्तिक २०८३ ०९:२३ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात  सञ्चालन गर्न कठिन

सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात  सञ्चालन गर्न कठिन

चितवन । पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा आइतबार, सोमबार र मङ्गलबार लगातार खसेको सुक्खा पहिरो पन्छाएर मङ्गलबार...

#पहिरो #घोप्टेभिर #एकतर्फी
Compare →
Onlinekhabar
1d ago
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा यातायात सञ्चालनमा समस्या

सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा यातायात सञ्चालनमा समस्या

२६ कात्तिक, चितवन । पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा आइतबार, सोमबार र मङ्गलबार लगातार खसेको सुक्खा पहिरो पन्छाएर मङ्गलबार दिउँसो १ः४० बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो …

#पहिरो #घोप्टेभिर #एकतर्फी
Compare →
Ekantipur
3d ago
घोप्टेभिरमा फेरि पहिरो, पृथ्वी राजमार्ग अवरूद्ध

घोप्टेभिरमा फेरि पहिरो, पृथ्वी राजमार्ग अवरूद्ध

पृथ्वी राजमार्गको ईच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा गएराति फेरि पहिरो सुख्खा खसेर काठमाडौं जाने आउने बाटो ठप्प छ ।

#पहिरो #घोप्टेभिर
Compare →
Arthasansar
9h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#सवारी
Compare →

Related Stories

Technology
Build #2611