Trending
Prev Story
Next Story

सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा यातायात सञ्चालनमा समस्या

Onlinekhabar •
November 12, 2026 • 03:30 AM
1
1 reads 0 reactions

२६ कात्तिक, चितवन । पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा आइतबार, सोमबार र मङ्गलबार लगातार खसेको सुक्खा पहिरो पन्छाएर मङ्गलबार दिउँसो १ः४० बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो …

सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा यातायात सञ्चालनमा समस्या

२६ कात्तिक, चितवन । पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा आइतबार, सोमबार र मङ्गलबार लगातार खसेको सुक्खा पहिरो पन्छाएर मङ्गलबार दिउँसो १ः४० बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल थापाका अनुसार चाडपर्वका कारण सवारीको चापले गर्दा दुईतर्फी यातायात सञ्चालनमा ल्याउन कठिन भएको हो । उनले भने, ‘पहिरो ठूलो हुँदा र मजदुर बिदामा जाँदा सडक दुईतर्फी रुपमा सञ्चालनमा ल्याउन कठिन भएको हो ।’

पहिरो पन्छाउने उकरणहरु तयारी अवस्थामा राखिएकाले सामान्य पहिरो खसेमा तत्काल सफा गर्ने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ ।

मौसमको अनुकूलता, सवारी चाप र अन्य अवस्था हेरेर मात्र सडक दुईतर्फी सञ्चालनमा ल्याइने छ । यस सडक हुँदै सङ्घीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने गाडी तथा यात्रुलाई विभिन्न समयमा खस्ने पहिरोले समस्या पार्ने गर्दछ । सडक एकतर्फी खुले पनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीको आग्रह छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात  सञ्चालन गर्न कठिन

सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात  सञ्चालन गर्न कठिन

चितवन । पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा आइतबार, सोमबार र मङ्गलबार लगातार खसेको सुक्खा पहिरो पन्छाएर मङ्गलबार...

#पहिरो #घोप्टेभिर #एकतर्फी
Compare →
Nagarik News
1d ago
घोप्टेभिर एकतर्फी सञ्चालन, सवारी साधनको उच्च चाप

घोप्टेभिर एकतर्फी सञ्चालन, सवारी साधनको उच्च चाप

पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।

#पहिरो #घोप्टेभिर #एकतर्फी
Compare →
Ekantipur
3d ago
घोप्टेभिरमा फेरि पहिरो, पृथ्वी राजमार्ग अवरूद्ध

घोप्टेभिरमा फेरि पहिरो, पृथ्वी राजमार्ग अवरूद्ध

पृथ्वी राजमार्गको ईच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा गएराति फेरि पहिरो सुख्खा खसेर काठमाडौं जाने आउने बाटो ठप्प छ ।

#पहिरो #घोप्टेभिर
Compare →

Related Stories

National (Nepal)
Build #2611