Trending
Prev Story
Next Story

एनभिडियाका प्रमुखको पद धरापमा, सेयर ७.५ प्रतिशत घट्यो

Bizshala •
November 12, 2026 • 04:33 AM
1
1 reads 0 reactions

काठमाडौं। अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङसँग जोडिएका व्यक्तिगत...

एनभिडियाका प्रमुखको पद धरापमा, सेयर ७.५ प्रतिशत घट्यो

काठमाडौं। अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङसँग जोडिएका व्यक्तिगत सम्बन्धबारे नयाँ खुलासा भएपछि कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ।

बुधबार नियमित कारोबारका क्रममा एनभिडियाको सेयर मूल्य करिब ७.५ प्रतिशतले घटेको हो। यसअघि कारोबारको सुरुवातमा भने कम्पनीको सेयर मूल्य बढेको थियो।

द न्युयोर्क टाइम्सका अनुसार हुआङको एनभिडियाकै एक महिला कर्मचारीसँग पनि प्रेम सम्बन्ध रहेको थियो। यसअघि चीनका लागि जासुसी गरेको आरोप लागेकी एक महिलासँग उनको सम्बन्ध रहेको खबर सार्वजनिक भएको थियो।

द वाल स्ट्रिट जर्नल र फाइनान्सियल टाइम्सका रिपोर्टअनुसार कम्पनीको सञ्चालक समिति (बोर्ड)ले हुआङलाई सीईओ पदमा निरन्तरता दिने वा नदिने विषयमा छलफल गरिरहेको छ।

यसअघि उक्त प्रकरणको छानबिन गर्न एनभिडियाले मंगलबार अमेरिकाको एक प्रतिष्ठित कानुनी फर्म नियुक्त गरेको थियो। कम्पनीको बोर्डले यसअघि हुआङको बचाउ गर्दै उक्त घटनाका कारण कम्पनीको गोप्य सूचना वा राष्ट्रिय सुरक्षामा असर परेको मान्ने कुनै आधार नरहेको बताएको थियो।

बुधबार अबेरसम्म बोर्डले यस विषयमा नयाँ धारणा सार्वजनिक गरेको थिएन। कम्पनीका प्रतिनिधि तथा बोर्डका सदस्यहरूसँग प्रतिक्रिया लिन गरिएको प्रयास पनि सफल हुन सकेन।

एनभिडियाले उत्पादन गर्ने चिप कृत्रिम बौद्धिकता (एआई) प्रणाली, डेटा सेन्टर, भिडियो गेम तथा चालकविहीन सवारीसाधनलगायत प्रविधिमा प्रयोग हुँदै आएका छन्। विशेषगरी एआई प्रविधिमा चीनलाई उछिन्ने अमेरिकी प्रयासमा यी चिपको महत्त्वपूर्ण भूमिका छ।

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकाले सन् २०२२ देखि एनभिडियाका सबैभन्दा उन्नत चिप चीन निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ। यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा केही प्रतिबन्ध खुकुलो पारिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3h ago
अमेरिकी सिनेटले एनभिडियाका हुआङ र वाणिज्यमन्त्री लुट्निकलाई बयानमा बोलायो

अमेरिकी सिनेटले एनभिडियाका हुआङ र वाणिज्यमन्त्री लुट्निकलाई बयानमा बोलायो

काठमाडौं । अमेरिकी सिनेट बैंकिङ समितिका अध्यक्ष टिम स्कटले चिप निर्माता कम्पनी एनभिडियामा विकसित पछिल्ला घटनाक्रमबारे बयान दिन एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङ र वाणिज्यमन...

#एनभिडिया #हुआङ #अमेरिकी
Compare →
Ekantipur
11h ago
एनभिडियाका प्रमुख कार्यकारीको विवादले एआई कम्पनीका सेयरमा गिरावट

एनभिडियाका प्रमुख कार्यकारीको विवादले एआई कम्पनीका सेयरमा गिरावट

पछिल्लो एक महिनामा मात्रै कम्पनीको बजार पुँजीकरण १० खर्ब डलरभन्दा बढीले घटेको छ । अक्टुबरमा यो ५८ खर्बसम्म पुगेको थियो ।

#एनभिडिया
Compare →

Related Stories

World News
Build #2611