Trending
Prev Story
Next Story

तिहारको समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु

Onlinekhabar •
November 12, 2026 • 09:30 AM
1
1 reads 0 reactions

२५ कात्तिक, काठमाडौं । तिहारको अवधिमा काठमाडौं उपत्यकामा भएको सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् । कात्तिक २१ गतेदेखि २५ गते भाइटीकासम्मको अवधिमा ७८ वटा सवारी दुर्घटनाहरू भएको र दुर्घटनामा ५ जनाको मृत्यु भएको काठमाडौं …

तिहारको समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु

२५ कात्तिक, काठमाडौं । तिहारको अवधिमा काठमाडौं उपत्यकामा भएको सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् ।

कात्तिक २१ गतेदेखि २५ गते भाइटीकासम्मको अवधिमा ७८ वटा सवारी दुर्घटनाहरू भएको र दुर्घटनामा ५ जनाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो ।

यस्तै, सोही अवधिमा चेकिङको क्रममा ५९५ जनालाई मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा नियन्त्रणमा लिएर कारबाही र लागुपदार्थ सेवन गरेर सवारी चलाउने १८ जना चालकलाई पनि कारबाहीको दायरामा ल्याइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

अन्य कारबाहीसमेत जोड्दा तीव्र गतिमा वा लापरवाही गरी सवारी चलाउने समेत कुल २ हजार २ सय ११ जना सवारी चालकलाई कारबाही गरिएको उनले बताए ।

प्रवक्ता सुवेदीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन मानवीय जनशक्तिका साथै प्रविधिबाट विशेष निगरानी, अनुगमन र कारबाही गर्ने प्रक्रियालाई कढाई गरिएको उल्लेख गरे ।

थापाथलीदेखि बानेश्वर क्षेत्रको सडकमा फेसलेस ट्राफिक व्यवस्थापनका लागि प्रविधिमार्फत निगरानी गर्ने प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए ।

उनले सडकमा सवारी साधन र दुर्घटना बढ्दै गएको अवस्थामा मानवीय जनशक्तिले मात्र नियन्त्रण गर्न कठिन हुने हुनाले प्रविधिमा आधारित ट्राफिक व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर पूर्वाधारका कामहरू भइरहेको बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाडौँ । काठमाडौँ–फर्पिङ–कुलेखानी–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सो सडकमा रातिको समयमा यात्रुवाहक सवारी साधन सञ्चालनका लागि नयाँ समय तालिका लागू गरेक...

#काठमाडौं #सवारी
Compare →
Nagarik News
2h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#काठमाडौं #दुर्घटना
Compare →
Ekantipur
4h ago
भीमफेदी दुर्घटना : सर्लाही सुन्दरपुरका १३ जनाको शव आफन्तले बुझे

भीमफेदी दुर्घटना : सर्लाही सुन्दरपुरका १३ जनाको शव आफन्तले बुझे

हेटौँडा अस्पतालमा आवश्यक प्रक्रिया पूरा गरी शव वाहनमार्फत सर्लाही पठाइएको छ । शवहरू तीनवटा शव वाहनमा राखेर सर्लाही पठाइएको अस्पतालले जनाएको छ ।

#दुर्घटना #जनाको
Compare →
Bizshala
7h ago
तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

काठमाण्डौ । तिहारपछिको पहिलो कारोबार दिन सेयरबजारले सकारात्मक लय समात्न सकेन। लामो पर्व बिदापछि खुलेको बजारमा...

#काठमाडौं #तिहार
Compare →

Related Stories

National (Nepal)
Build #2611