Trending
Prev Story
Next Story

गाजाको नरसंहारलाई पश्चिमा सञ्चारमाध्यमले बेवास्ता गरे : इरानी विदेशमन्त्री

Onlinekhabar •
November 12, 2026 • 09:30 AM
1
1 reads 0 reactions

इरानका विदेशमन्त्री अब्बास अराघचीले गाजाको पछिल्लो अवस्थालाई पश्चिमा सञ्चारमाध्यमले बेवास्ता गरेको आरोप लगाएका छन् । उनले गाजामा भइरहेको अवस्थालाई ‘मौन नरसंहार’को संज्ञा दिँदै यसबारे सञ्चारमाध्यममा लगभग शून्य ध्यान दिइएको बताएका छन् । अराघचीले एक्समा लेख्दै गाजाको भयावह …

गाजाको नरसंहारलाई पश्चिमा सञ्चारमाध्यमले बेवास्ता गरे : इरानी विदेशमन्त्री

इरानका विदेशमन्त्री अब्बास अराघचीले गाजाको पछिल्लो अवस्थालाई पश्चिमा सञ्चारमाध्यमले बेवास्ता गरेको आरोप लगाएका छन् ।

उनले गाजामा भइरहेको अवस्थालाई ‘मौन नरसंहार’को संज्ञा दिँदै यसबारे सञ्चारमाध्यममा लगभग शून्य ध्यान दिइएको बताएका छन् ।

अराघचीले एक्समा लेख्दै गाजाको भयावह अवस्था अब पश्चिमा सञ्चारमाध्यमका प्रमुख समाचार बन्न छाडेको बताएका छन् । उनले यस्तो अवस्था लज्जास्पद भएको टिप्पणी गरेका छन् ।

समाचारमा गाजाको अवस्थाले प्राथमिकता नपाउनुले इजरायल आफ्नो एउटा उद्देश्यमा सफल भएको देखिएको उनको भनाइ छ । युद्ध सुरु गरेर त्यसका असफलताबाट विश्वको ध्यान अन्यत्र मोड्न इजरायल सफल भएको उनले आरोप लगाएका छन् ।

उनको यो टिप्पणी खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यक्रिया भवनमा आक्रमण भएको केही घण्टापछि आएको हो ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त आक्रमणमा स्वास्थ्यकर्मी, बिरामी र उनीहरूका कुरुवासहित ६ जनाको मृत्यु भएको छ ।

The disastrous situation in Gaza is no longer making headlines in Western media.

A Silent Genocide is going on with almost zero attention. It is shameful. And an indication that Israel has succeeded in one aspect of its effort to start wars to divert attention on failures. https://t.co/XcWxcphITA

— Seyed Abbas Araghchi (@araghchi) November 12, 2026

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
गाजाको नरसंहारलाई पश्चिमा सञ्चारमाध्यमले बेवास्ता गरे : इरानी विदेशमन्त्री

गाजाको नरसंहारलाई पश्चिमा सञ्चारमाध्यमले बेवास्ता गरे : इरानी विदेशमन्त्री

इरानका विदेशमन्त्री अब्बास अराघचीले गाजाको पछिल्लो अवस्थालाई पश्चिमा सञ्चारमाध्यमले बेवास्ता गरेको आरोप लगाएका छन् । उनले गाजामा भइरहेको अवस्थालाई ‘मौन नरसंहार’को संज्ञा दिँदै यसबारे सञ्चारमाध्यमम...

#गाजा #सञ्चारमाध्यम #पश्चिमा
Compare →
Nagarik News
1d ago
इजरायली हवाई आ’क्रमणमा गाजामा चिकित्सकसहित ६ जनाको मृ’त्यु, २० जना घाइते

इजरायली हवाई आ’क्रमणमा गाजामा चिकित्सकसहित ६ जनाको मृ’त्यु, २० जना घाइते

दक्षिणी गाजाको खान युनिसस्थित नासेर अस्पतालमा बिहीबार बिहान भएको इजरायली हवाई आक्रमणमा एक चिकित्सकसहित छ।

#गाजा
Compare →
Ekantipur
5d ago
गाजाका बिस्थापितहरुको टहरा र आश्रयस्थलमा  भारी वर्षाले क्षति

गाजाका बिस्थापितहरुको टहरा र आश्रयस्थलमा  भारी वर्षाले क्षति

केही घन्टाको भारी वर्षाले आश्रयस्थलहरू तहस-नहस र करिब ४ लाख विस्थापित मानिसहरू उच्च जोखिममा

#गाजा
Compare →
Arthasansar
1w ago
युद्धविरामको एक वर्षपछि पनि गाजामा इजरायली आक्रमण जारी : बालकसहित आठ जनाको मृत्यु

युद्धविरामको एक वर्षपछि पनि गाजामा इजरायली आक्रमण जारी : बालकसहित आठ जनाको मृत्यु

एक वर्षअघि भएको युद्धविरामका बाबजुद गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा परी एक बालकसहित कम्तीमा आठ जनाको मृत्यु भएको अस्पतालहरूले जनाएका...

#गाजा
Compare →

Related Stories

Politics & Governance
Build #2611