Trending
Prev Story
Next Story

युद्धविरामको एक वर्षपछि पनि गाजामा इजरायली आक्रमण जारी : बालकसहित आठ जनाको मृत्यु

Arthasansar •
November 02, 2026 • 05:04 AM
1
1 reads 0 reactions

एक वर्षअघि भएको युद्धविरामका बाबजुद गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा परी एक बालकसहित कम्तीमा आठ जनाको मृत्यु भएको अस्पतालहरूले जनाएका...

युद्धविरामको एक वर्षपछि पनि गाजामा इजरायली आक्रमण जारी : बालकसहित आठ जनाको मृत्यु

एक वर्षअघि भएको युद्धविरामका बाबजुद गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा परी एक बालकसहित कम्तीमा आठ जनाको मृत्यु भएको अस्पतालहरूले जनाएका छन्। उत्तरी गाजा सहरको अल-रिमाल क्षेत्रस्थित काइरो स्कुल नजिकै नागरिकको समूहलाई लक्षित गरी गरिएको मिसाइल आक्रमणमा चार वर्षका बालकसहित तीन जनाको मृत्यु भएको अस्पतालका अधिकारीहरूले बताएका छन्।

त्यस्तै दक्षिणी सहर खान युनिसको अल-मावासी क्षेत्रमा नियमित ड्युटीमा रहेका प्रहरी अधिकारीहरूको समूहलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको हमासद्वारा सञ्चालित गृह मन्त्रालयले जनाएको छ। उक्त आक्रमणमा पाँच जना प्रहरीको ज्यान गएको छ। इजरायली सेनाले भने सैन्य क्षेत्रमा सक्रिय दुई समूहलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरे पनि त्यसको प्रमाण वा थप विवरण सार्वजनिक गरेको छैन। गाजा सहरको शिफा अस्पताल बाहिर सार्वजनिक दृश्यहरूमा मानिसहरू सेतो कपडामा बेरिएका दुई वयस्क र एक बालकको शव नजिकै प्रार्थनाका लागि भेला भएको देखिन्छ।

खान युनिसको नासेर अस्पताल बाहिर शवहरू राखिएपछि आफन्तहरू शोकमा डुबेका थिए। मन्त्रालयले ज्यान गुमाउने २३ देखि ५३ वर्ष उमेर समूहका पाँचै जना प्रहरी अधिकारीको नाम सार्वजनिक गर्दै यसलाई ‘नरसंहार’ भनेको छ। गत वर्षको अक्टोबरमा गाजामा युद्धविराम लागू भएको भए पनि इजरायली हवाई आक्रमण लगभग दैनिकजसो जारी छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
14h ago
गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु

गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु

एजेन्सी । दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यचिकित्सा विभागमा इजरायलले गरेको आक्रमणमा चिकित्सकसहित ६ जनाको मृत्यु भएको छ। आक्रमणमा बिरामी र उनीहरूका कुरुवासहित कम्तीमा २७ ज...

#आक्रमण #गाजा #मृत्यु
Compare →
Onlinekhabar
5h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#मृत्यु #जनाको
Compare →
Ekantipur
12h ago
गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

#मृत्यु #जनाको
Compare →
Nagarik News
16h ago
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

#मृत्यु #जनाको
Compare →

Related Stories

World News
Build #2611