Trending
Prev Story
Next Story

हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Arthasansar •
November 02, 2026 • 05:04 AM
1
1 reads 0 reactions

वैदेशिक रोजगारीमा रहेका नेपालीले हिम पर्वत हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले भने...

हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेका नेपालीले हिम पर्वत हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले भने कात्तिक २५ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीले कात्तिक ११ गते बुधबारदेखि आइपीओ जारी गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशतले हुन आउने ५९ करोड १५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५९ लाख १५ हजार कित्ता सेयर बिक्री गर्नेछ। त्यसमध्ये १६ करोड ९० लाख रुपैयाँबराबरको १६ लाख ९० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गर्दैछ। त्यसमध्ये १० लाख १४ हजार कित्ता सेयर आयोजनाबाट अतिप्रभावित क्षेत्र दोलखाको बिगु गाउँपालिकाका वडा नं ५, ६, ७ र ८ र कालिन्चोक गाउँपालिका वडा नं २, ३ र ४ का स्थानीय बासिन्दाका लागि जारी गरिने भने बाँकी रहेको ६ लाख ७६ हजार कित्ता ती दुवै गाउँपालिकाका अन्य वडाका स्थानीयलाई बिक्री खुला गरिनेछ।

यसैगरी कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ४ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिक्री खुला गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित दरका ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरिनेछ।

यो कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। स्थानीयले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक, प्रभु बैंकको सिंगटी शाखा कार्यालय र लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सनेन्टसन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
13h ago
सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा

सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ४.४...

#हाइड्रोपावर
Compare →
Bizshala
14h ago
सुपरमाई हाइड्रोपावरको १८.४२१ प्रतिशत लाभांश प्रस्ताव

सुपरमाई हाइड्रोपावरको १८.४२१ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई कुल १८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।...

#हाइड्रोपावर
Compare →

Related Stories

Business & Economy
Build #2611