Trending
Prev Story
Next Story

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

Nagarik News •
November 05, 2026 • 01:37 AM
1
1 reads 0 reactions

यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा दुई महिना थप गरिएको हो।

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप गरेको छ। यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा दुई महिना थप गरिएको हो।

कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्मको नियमानुसार लाग्ने कर, शुल्क तथा दस्तुर बुझाएमा त्यसअघिका सबै आर्थिक वर्षको कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुनेछ।

कार्यालयका रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले कम्पनी सञ्चालकलाई समयमै विवरण अद्यावधिक गरी जरिवाना मिनाहाको सुविधाबाट लाभ लिन आग्रह गरेका छन्।

यसैबीच, कार्यालयमा नयाँ कम्पनी दर्ता हुने क्रम बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा २० हजार ७३६ कम्पनी दर्ता भएकामा आव २०८२/८३ मा २६ हजार २९१ कम्पनी दर्ता भएका छन्। अघिल्लो आवको तुलनामा गत आवमा पाँच हजार ५५५ बढी कम्पनी दर्ता भएका हुन्।

रजिष्ट्रार श्रेष्ठका अनुसार चालु आवको कात्तिक १२ गतेसम्म १० हजार ४८० कम्पनी दर्ता भइसकेका छन्। विदेशबाट फर्किएका नेपालीले त्यहाँ आर्जन गरेको सीप, प्रविधि र पुँजी स्वदेशमै लगानी गरी व्यवसाय सञ्चालन गर्न थालेकाले पनि कम्पनी दर्ता बढेको उनले बताए।

कम्पनी ऐन, २०६३ बमोजिम कार्यालयले निजी लिमिटेड, पब्लिक लिमिटेड तथा मुनाफा वितरण नगर्ने कम्पनीको स्थापना, दर्ता, प्रशासन, नियमन र खारेजीसम्बन्धी काम गर्दै आएको छ।

कार्यालयले कम्पनीको सेयर संरचना, नाम, प्रबन्धपत्र तथा नियमावली संशोधन, एकीकरण तथा गाभ्ने–गाभिने प्रक्रिया र सेयर तथा डिबेन्चरको अभिलेख व्यवस्थापन गर्ने गर्दछ। साथै, कम्पनीले कानुनअनुसार काम गरे/नगरेको तथा आवश्यक कागजात र वार्षिक विवरण बुझाए/नबुझाएको अनुगमन गर्दै आएको छ।

कार्यालयमा हालसम्म तीन लाख ८८ हजार ६९० कम्पनी दर्ता भएकामा १४ हजार ९७० कम्पनी खारेज भएका छन्।

कार्यालयले कम्पनीका वास्तविक धनीको विवरण सङ्कलन तथा व्यवस्थापन गर्नुका साथै कानुनअनुसार सञ्चालन हुन नसकेका वा बन्द गर्न चाहेका कम्पनीको खारेजी प्रक्रिया अघि बढाउने गरेको छ।

प्रकाशित: १९ कार्तिक २०८३ ०७:२२ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
कम्पनीको बक्यौता कर र जरिवाना छुटको म्याद थप

कम्पनीको बक्यौता कर र जरिवाना छुटको म्याद थप

सरकारले दर्ता खारेजी वा कारोबार सञ्चालनलाई निरन्तरता दिन चाहने कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा थप गरेको छ ।

#जरिवाना #कम्पनीको #बक्यौता
Compare →
Arthasansar
1w ago
असोजसम्म जीवन बीमाको व्यवसाय : साढे ५७ अर्ब बीमाशुल्क संकलन हुँदा कुन कम्पनीको कति ?

असोजसम्म जीवन बीमाको व्यवसाय : साढे ५७ अर्ब बीमाशुल्क संकलन हुँदा कुन कम्पनीको कति ?

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीकोहरुको व्यवसाय साढे ५७ अर्ब पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक...

#मसान्तसम्म #कम्पनीको
Compare →
Onlinekhabar
1w ago
पुस २ देखि विराटनगरमा ‘विराट एक्स्पो’

पुस २ देखि विराटनगरमा ‘विराट एक्स्पो’

१९ कात्तिक, विराटनगर । विराटनगरमा नवौँ विराट एक्स्पो २०२६’ पुस २ देखि आयोजना हुने भएको छ । उद्योग, व्यापार, लगानी, सीप र रोजगारीका अवसरलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित उद्योग संगठन मोरङले विराटनगर–१४ स्थित डिग्री क्याम्पसको …

#पुस
Compare →
Ekantipur
5d ago
कारबाहीमा परेकाहरू जरिवाना नै तिर्दैनन्, ४ करोडभन्दा बढी उठ्नै बाँकी

कारबाहीमा परेकाहरू जरिवाना नै तिर्दैनन्, ४ करोडभन्दा बढी उठ्नै बाँकी

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा गल्ती गर्नेलाई कारवाहीस्वरुप जरिवाना गर्ने गरेको भए पनि रकम नतिर्नेहरुमाथि विभागले चासो नराख्दा ८ सय ६ वटा व्यवसाय गर्ने फर्मले जरिवाना बापत तिर्नुपर्ने ४ करोड ६ लाख २७ हजार उठ्न सकेको छैन ।

#जरिवाना
Compare →

Related Stories

Business & Economy
Build #2611