बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा गल्ती गर्नेलाई कारवाहीस्वरुप जरिवाना गर्ने गरेको भए पनि रकम नतिर्नेहरुमाथि विभागले चासो नराख्दा ८ सय ६ वटा व्यवसाय गर्ने फर्मले जरिवाना बापत तिर्नुपर्ने ४ करोड ६ लाख २७ हजार उठ्न सकेको छैन ।
काठमाडौँ — अनुगमनका क्रममा नियम बाहिर गएर बजार सञ्चालन तथा बस्तु उत्पादन गर्नेहरु कैयनले सरकारलाइ जरिवाना बापतको रकम नै नतिर्ने देखिएको छ । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा गल्ती गर्नेलाई कारवाहीस्वरुप जरिवाना गर्ने गरेको भएपनि रकम नतिर्नेहरुमाथि विभागले चासो नराख्दा ८ सय ६ वटा व्यवसाय गर्ने फर्मले जरिवाना बापत तिर्नुपर्ने ४ करोड ६ लाख २७ हजार उठ्न सकेको छैन । सुदिल पोखरेलको रिपोर्ट
सुदिल पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।