वि.सं. २०१६ सालमा भौतिक शरीर त्यागे पनि उनका सिर्जनाले नेपाली साहित्यलाई आजपर्यन्त आलोकित गरिरहेका छन्। उनका सिर्जनामाथि दर्जनौं विद्यावारिधि भइसकेका छन्। अझैपनि उनका कृति र व्यक्तित्वमाथि विद्यावारिधि गर्ने क्रम जारी छ ।
काठमाडौँ — नेपाली साहित्यको आकाशमा केही नाम यस्ता छन्, जसलाई कुनै कालखण्ड वा पुस्ताको सीमाभित्र बाँध्न सकिँदैन। महाकवि लक्ष्मीप्रसाद देवकोटा त्यस्तै एक स्रष्टा हुन्। वि.सं. २०१६ सालमा भौतिक शरीर त्यागे पनि उनका सिर्जनाले नेपाली साहित्यलाई आजपर्यन्त आलोकित गरिरहेका छन्। उनका सिर्जनामाथि दर्जनौं विद्यावारिधि भइसकेका छन्। अझैपनि उनका कृति र व्यक्तित्वमाथि विद्यावारिधि गर्ने क्रम जारी छ । तर, आश्चर्य के छ भने, महाकविका केही अप्रकाशित पाण्डुलिपि अझै प्रकाशनको प्रतीक्षामा छन्। देवकोटाको साहित्यिक विरासत र ओझेलमा परेका उनका सिर्जनाबारे सहकर्मी कृपाल गौतमले तयार पारेको यो रिपोर्ट
कृपाल गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।