Trending
Prev Story
Next Story

दाङमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सांगीतिक साँझ

Nagarik News •
November 07, 2026 • 08:03 AM
1
1 reads 0 reactions

राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा ‘महाकवि देवकोटा साङ्गीतिक साँझ’  सम्पन्न गरेकाे छ।

दाङमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सांगीतिक साँझ

राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा ‘महाकवि देवकोटा साङ्गीतिक साँझ’ सम्पन्न गरेकाे छ।

दाङको घोराहीस्थित कौशी होटलमा राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा संगीतज्ञ गोविन्दराज श्रेष्ठ प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

कार्यक्रममा भाषा आयोगका पूर्व सदस्य डा. अमर गिरी, वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् डा. गोविन्द आचार्य र राप्ती साहित्य परिषद् केन्द्रीय समितिका सल्लाहकार तथा पूर्वअध्यक्ष पुरुषोत्तम खनाल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

परिषद्का सचिव घनश्याम केसीले  सञ्चालन गरेकाे कार्यक्रममा कार्यक्रममा सुरेशकुमार पाण्डेयले शब्दमार्फत अतिथिजनकाे स्वागत गरेका थिए।

महाकवि देवकोटाका साहित्यिक तथा सांस्कृतिक योगदानको स्मरण गर्दै आयोजना गरिएको कार्यक्रममा कवि तथा गायकहरू डा. गोविन्दाचार्य, नारायण नेपाल, राजेन्द्र श्रेष्ठ, अम्बिका रिजाल, पिताम्बर रिजाल र गोविन्द मधुर आचार्यले कविता, गीत तथा सांगीतिक प्रस्तुति दिएका थिए। उनीहरूका प्रस्तुतिले कार्यक्रमलाई थप साहित्यिक, सांगीतिक र मनोरञ्जनात्मक बनाएको थियो।कार्यक्रममा वाद्यवादनतर्फ रामहरि रिजाल र सुशीलकुमार गुप्ताले साथ दिएका थिए।

कार्यक्रमका अध्यक्ष यम रेग्मीले कार्यक्रमको उद्देश्य, महत्त्व र औचित्यबारे  स्पष्ट पारेका थिए। उनले महाकवि देवकोटाको साहित्यिक योगदान नयाँ पुस्तामाझ परिचित गराउँदै साहित्य र सङ्गीतको माध्यमबाट नेपाली भाषा, कला, संस्कृति र सिर्जनशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

साहित्य र सङ्गीतलाई एउटै मञ्चमा जोड्दै सम्पन्न कार्यक्रमले दाङको साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा नयाँ ऊर्जा र उत्साह थपेको आयोजकको विश्वास छ।

प्रकाशित: २१ कार्तिक २०८३ १३:४८ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
दाङमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सांगीतिक साँझ

दाङमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सांगीतिक साँझ

राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा ‘महाकवि देवकोटा साङ्गीतिक साँझ’ सम्पन्न गरेकाे छ। दाङको घोराहीस्थित कौशी होटलमा राप्ती साहित्य परि...

#दाङ #महाकवि #देवकोटा
Compare →
Ekantipur
5d ago
महाकवि लक्ष्मीप्रसादका ७ पाण्डुलिपि, जुन अझै छापिन बाँकी छ

महाकवि लक्ष्मीप्रसादका ७ पाण्डुलिपि, जुन अझै छापिन बाँकी छ

वि.सं. २०१६ सालमा भौतिक शरीर त्यागे पनि उनका सिर्जनाले नेपाली साहित्यलाई आजपर्यन्त आलोकित गरिरहेका छन्। उनका सिर्जनामाथि दर्जनौं विद्यावारिधि भइसकेका छन्। अझैपनि उनका कृति र व्यक्तित्वमाथि विद्यावारिधि गर्ने क्रम जारी छ ।

#साहित्य #महाकवि #लक्ष्मीप्रसाद
Compare →
Onlinekhabar
3d ago
राप्ती नदीमा ४८ किमी तटबन्ध निर्माण

राप्ती नदीमा ४८ किमी तटबन्ध निर्माण

२४ कात्तिक, तुलसीपुर (दाङ) । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही दाङले राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध निर्माण भएको छ । जसबाट एक हजार ४४० हेक्टर खेतीयोग्य जमिन उकास तथा संरक्षण भएको आयोजनाका सूचना अधिकारी खुमानन्द …

#दाङ #राप्ती
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611