Trending
Prev Story
Next Story

पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक छ : सुनिता डंगोल

Nagarik News •
November 07, 2026 • 08:29 AM
1
1 reads 0 reactions

पद्मरत्न तुलाधरको आठौँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले तुलाधरको जीवन, संघर्ष र योगदानबाट वर्तमान पुस्ताले धेरै कुरा सिक्न सक्ने बताइन् ।

पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक छ : सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वर्गीय पद्मरत्न तुलाधरले नेपाली समाज, भाषा, राजनीति, आदिवासी जनजातिको अधिकार र मानव अधिकारका क्षेत्रमा पुर्‍याएको योगदानलाई नयाँ पुस्तासम्म पु¥याउन आवश्यक रहेको बताएकी छन् ।

पद्मरत्न तुलाधरको आठौँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले तुलाधरको जीवन, संघर्ष र योगदानबाट वर्तमान पुस्ताले धेरै कुरा सिक्न सक्ने बताइन् ।

उनले तुलाधरलाई भाषा प्रेमीहरूका लागि प्रेरणाको स्रोतका रूपमा स्मरण गर्दै नेपाल भाषाको संवद्र्धन र प्रवद्र्धनमा उहाँले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरिन् । उनले राजनीतिक क्षेत्रमा उहाँले देखाएको भूमिका, विचारमा मतभेद भए पनि संवाद र विमर्शमार्फत शान्तिको बाटो रोज्नुपर्ने सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताइन् ।

‘विचारमा फरक हुन सक्छ, मतभेद हुन सक्छन्, तर राष्ट्रका लागि एकजुट भएर शान्ति प्रक्रियामा अघि बढ्नुपर्छ भन्ने उहाँको सन्देश आज पनि महत्त्वपूर्ण छ,’ डंगोलले भनिन् ।

डंगोलले तुलाधरले आदिवासी जनजातिका अधिकार तथा मानव अधिकारका क्षेत्रमा उठाएका मुद्दाहरू अझै पूर्ण रूपमा सम्बोधन हुन नसकेको बताइन् । उहाँले सुरु गरेका आन्दोलन र उठाएका सवालहरू आज पनि जीवन्त रहेकाले त्यसलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिइन् ।

विशेषगरी युवा पुस्तालाई तुलाधरको योगदान र नेपालको शान्ति प्रक्रियाको इतिहासबारे जानकारी गराउनुपर्ने उनले बताइन् । अहिलेको पुस्ताले विगतको द्वन्द्व र शान्ति प्रक्रियाका चुनौतीहरू प्रत्यक्ष अनुभव नगरेको उल्लेख गर्दै उनले ती कठिन परिस्थितिमा एक व्यक्तिले पनि समाज र राष्ट्रको दिशामा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने उदाहरण तुलाधरको जीवनबाट सिकाउनुपर्ने बताइन् ।

यसैबीच, काठमाडौं महानगरपालिकाले तुलाधरको जीवनी प्रकाशन तथा त्यसलाई नयाँ पुस्ताले बुझ्ने माध्यमबाट प्रस्तुत गर्ने कार्यमा सहकार्य गर्न तयार रहेको डंगोलले बताइन् । महानगरपालिकाको अघिल्लो कार्यकालमा सुरु भएको जीवनी तथा पुस्तक प्रकाशनको पहललाई निरन्तरता दिन पाउँदा खुसी लागेको उनले बताइन् ।

उनले पद्मरत्न तुलाधर प्रतिष्ठानलाई उहाँको जीवनी सरल भाषा र नयाँ पुस्ताले बुझ्ने माध्यमबाट प्रस्तुत गर्न विशेष आग्रहसमेत गरिन् ।

‘इतिहास बिर्सिँदै गएको समयमा इतिहास सम्झाउन र त्यसका महत्त्वपूर्ण पक्षलाई नयाँ पुस्ताले बुझ्ने गरी प्रस्तुत गर्न जरुरी छ,’ उनले भनिन्, ‘यसले उहाँले उठाउनुभएका मुद्दा र गर्नुभएका योगदानलाई जीवित राख्नुका साथै वर्तमान पुस्ताको काममा समेत प्रतिबिम्बित गर्न सहयोग पुग्नेछ।’

डंगोलले स्वर्गीय पद्मरत्न तुलाधरको सत्कर्म र उहाँले देखाएको मार्गलाई आत्मसात् गर्दै समाज र राष्ट्रका लागि योगदान गर्न सबैलाई आग्रह गर्दै श्रद्धाञ्जली व्यक्त गरिन् ।

प्रकाशित: २१ कार्तिक २०८३ १४:१४ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
6d ago
पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयो

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयो

२१ कात्तिक, काठमाडौं । मानवअधिकारवादी नेता, शान्ति, मातृभाषा अभियन्ता तथा साहित्यकार पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइएको छ । दिवसका अवसरमा पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानले शनिबार शङ्खधर साख्वा स्मृति पार्क, रत्नपार्कमा कार्यक्रममा आयोजना गरेको कार्यक्रममा उनको …

#तुलाधर #पद्मरत्न
Compare →
Hamro Patro News
3d ago
नेपाल संवत आन्दोलनका उपलब्धि नयाँ पुस्तासम्म पुर्‍याउनुपर्छः मन्त्री श्रेष्ठ

नेपाल संवत आन्दोलनका उपलब्धि नयाँ पुस्तासम्म पुर्‍याउनुपर्छः मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले नेपाल संवत र नेवाः संस्कृति संरक्षणका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धिलाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने बताउनुभएको छ ।

#पुस्तासम्म #पुर् #याउन
Compare →
Ekantipur
4d ago
डडेलधुरामा फूलखेती बढ्दै, बजार पुर्‍याउनै सकस

डडेलधुरामा फूलखेती बढ्दै, बजार पुर्‍याउनै सकस

तिहारमा सयपत्री फूलको माग बढे पनि ढुवानी, बजार व्यवस्थापन र प्राविधिक ज्ञानको अभावमा डडेलधुराका किसानले उत्पादनअनुसार आम्दानी लिन सकेका छैनन् ।

#पुर् #याउन
Compare →

Related Stories

Politics & Governance
Build #2611