Trending
Prev Story
Next Story

राप्ती नदीमा ४८ किमी तटबन्ध निर्माण

Onlinekhabar •
November 10, 2026 • 01:31 AM
1
1 reads 0 reactions

२४ कात्तिक, तुलसीपुर (दाङ) । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही दाङले राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध निर्माण भएको छ । जसबाट एक हजार ४४० हेक्टर खेतीयोग्य जमिन उकास तथा संरक्षण भएको आयोजनाका सूचना अधिकारी खुमानन्द …

राप्ती नदीमा ४८ किमी तटबन्ध निर्माण

२४ कात्तिक, तुलसीपुर (दाङ) । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही दाङले राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध निर्माण भएको छ ।

जसबाट एक हजार ४४० हेक्टर खेतीयोग्य जमिन उकास तथा संरक्षण भएको आयोजनाका सूचना अधिकारी खुमानन्द वलीले बताए । उनका अनुसार दाङ र प्युठानको दोभानदेखि बाँकेको भारतीय सिमानासम्म कूल १५७.६ किमी लम्बाई रहेको पश्चिम राप्ती नदीमा हालसम्म ४८ किमी तटबन्ध निर्माण भएको हो ।

गएको आर्थिक वर्षमा मात्रै पश्चिम राप्तीमा ५.६१ किमी तटबन्ध निर्माण भई १६८ हेक्टर जमिन उकास भएको छ । पश्चिम राप्ती नदी किनारमा पर्ने गढवा–६ जेठानगाउँमा ४३ लाख २३ हजार ५५५ तथा गढवा–३ उल्टिसोटा खोलामा १२ लाख ८८ हजार २८७ बराबरको आपत्कालीन नदी नियन्त्रण सम्पन्न भइसकेको छ । प्रगन्ना सिँचाइअन्तर्गत राप्ती नदीको दायाँ किनारका विभिन्न खण्ड तथा रनियापुर–छिङ्गतपुर क्षेत्रमा समेत करोडौँका तटबन्ध ठेक्काहरू सम्पन्न भइसकेका छन् ।

हाल पश्चिम राप्ती नदीको दाङ र बाँके खण्डमा रु एक अर्ब २२ करोड १० लाख ५१ हजार बराबरको ठेक्का सम्पन्न भइसकेको छ । लमही–५ सोनारपुर खण्डमा रु १० करोड ११ लाख ६६ हजार ९६४ को ठेक्कामा ७० प्रतिशत भौतिक प्रगति भएको छ, भने गढवा–१ अडेहरीदेखि जेठानगाउँ खण्डमा ५ करोड ३२ लाख ३८ हजारको ठेक्कामा ४८.७० प्रतिशत प्रगति भएको छ ।

त्यसैगरी बाँकेको राप्ती सोनारी–७ खुल्ला झगडियामा रु चार करोड १५ लाख २५ हजारको ठेक्कामा ७० प्रतिशत र राप्ती सोनारी–६ ढलैयामा रु ८२ लाख ४२ हजार ९२ को ठेक्कामा ७५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।

राप्ती नदीको बाढीबाट खेतीयोग्य जमिन र मानव बस्ती जोगाउन मुख्य इन्टेक भालुवाङदेखि सक्लाहीसम्म १५.९९६ किमी तटबन्ध निर्माण कार्य सम्पन्न भइसकेको छ । भविष्यमा कूल २३ किमी तटबन्ध खण्ड सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
6d ago
बाँके-दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु, ३ वर्षभित्र ५८ किमी सडकसहित १६ वटा पुल बन्ने

बाँके-दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु, ३ वर्षभित्र ५८ किमी सडकसहित १६ वटा पुल बन्ने

बाँकेको राप्ती सोनारी-१ कुसुमस्थित खोकरीमा रहेको हुलाकी सडकको निर्माण स्थल। तस्बिर : नागरिक

#राप्ती #दाङ #किमी
Compare →
Ekantipur
3d ago
राप्ती नदीमा डुबेर बालकको मृत्यु

राप्ती नदीमा डुबेर बालकको मृत्यु

६ वर्षीय बालकको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

#राप्ती #नदीमा
Compare →
Hamro Patro News
6d ago
दाङमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सांगीतिक साँझ

दाङमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सांगीतिक साँझ

राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा ‘महाकवि देवकोटा साङ्गीतिक साँझ’ सम्पन्न गरेकाे छ। दाङको घोराहीस्थित कौशी होटलमा राप्ती साहित्य परि...

#राप्ती #दाङ
Compare →

Related Stories

Business & Economy
Build #2611