Trending
Prev Story
Next Story

शारदा नगरपालिकामा न्यूनतम विद्युत् शुल्क निःशुल्क

Onlinekhabar •
November 07, 2026 • 08:30 AM
1
1 reads 0 reactions

२१ कात्तिक, सल्यान । सल्यानको शारदा नगरपालिकाले नगरवासीलाई आर्थिक राहत प्रदान गर्ने उद्देश्यले न्यूनतम विद्युत् शुल्क निःशुल्क गर्ने कार्यक्रम लागू गर्ने भएको छ । आगामी २०८३ साल मङ्सिर महिनादेखि कार्यान्वयनमा आउने यस कार्यक्रमबाट ५ एम्पियर क्षमताको …

शारदा नगरपालिकामा न्यूनतम विद्युत् शुल्क निःशुल्क

२१ कात्तिक, सल्यान । सल्यानको शारदा नगरपालिकाले नगरवासीलाई आर्थिक राहत प्रदान गर्ने उद्देश्यले न्यूनतम विद्युत् शुल्क निःशुल्क गर्ने कार्यक्रम लागू गर्ने भएको छ ।

आगामी २०८३ साल मङ्सिर महिनादेखि कार्यान्वयनमा आउने यस कार्यक्रमबाट ५ एम्पियर क्षमताको विद्युत् मिटर जडान गरेका करिब ७ हजार २०० घरधुरी लाभान्वित हुने भएका छन् ।

शुक्रबार शारदा नगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच न्यूनतम विद्युत् शुल्क निःशुल्क गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

कार्यक्रमअन्तर्गत मासिक २० युनिटसम्म विद्युत खपत गर्ने ५ एम्पियर मिटर जडान गरेका ग्राहकले तिर्नुपर्ने न्यूनतम विद्युत शुल्क नगरपालिकाले व्यहोर्नेछ । नगरपालिकाका अनुसार हाललाई यो कार्यक्रम २०८४ साल असार मसान्तसम्म सञ्चालन हुनेछ ।

शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले विशेषगरी विपन्न तथा न्यून आय भएका नागरिकलाई लक्षित गरी कार्यक्रम ल्याइएको बताए । उनका अनुसार सामान्य न्यूनतम विद्युत शुल्क बुझाउनकै लागि सदरमुकामस्थित विद्युत कार्यालयसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गर्नु पनि कार्यक्रमको प्रमुख उद्देश्य हो ।

‘विशेषगरी नगरपालिकाका दुर्गम तथा दूरदराजका बस्तीमा बसोबास गर्ने नागरिकहरू न्यूनतम विद्युत शुल्क बुझाउनकै लागि सदरमुकामस्थित विद्युत कार्यालयसम्म आउनुपर्ने बाध्यता छ। सामान्य शुल्क तिर्नकै लागि यातायात भाडा र अन्य खर्च गरेर विद्युत कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्नु हाम्रो उद्देश्य हो,’ उनले भने ।

कार्यक्रमबाट सुविधा लिन ५ एम्पियरको मिटर जडान गरेका नगरवासीले एक पटक मात्र आफ्नो सम्बन्धित वडा कार्यालयमा पुगेर निवेदन दिनुपर्नेछ ।

त्यसपछि मासिक २० युनिटसम्मको न्यूनतम विद्युत शुल्क भुक्तानीका लागि विद्युत कार्यालय धाउनुपर्ने छैन ।

नगरपालिकाले यस कार्यक्रमबाट नागरिकको आर्थिक भार कम हुनुका साथै सामान्य विद्युत शुल्क बुझाउनकै लागि समय र यातायात खर्च गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

आर्थिक अभावका कारण माइती–मावली जान नसक्ने चेलीलाई निःशुल्क बाइक सेवा दिइएको हो ।

#निःशुल्क #शुल्क
Compare →
Hamro Patro News
1d ago
भीमफेदी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न रास्वपाको माग

भीमफेदी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाका घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । पार्टीका प्रवक्ता जगदीश ...

#निःशुल्क #शुल्क
Compare →
Bizshala
1d ago
भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

काठमाडौं । भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २...

#निःशुल्क #शुल्क
Compare →
Nagarik News
2d ago
भाइटीकामा २५ सय यात्रुलाई सशस्त्रको निःशुल्क बस सेवा

भाइटीकामा २५ सय यात्रुलाई सशस्त्रको निःशुल्क बस सेवा

तिहारको मुख्य दिन भाइटीकामा सार्वजनिक यातायात नपाएर समस्यामा परेका दुई हजार ४८६ जना सर्वसाधारणलाई सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा उपलब्ध गराएको छ।

#निःशुल्क #शुल्क
Compare →

Related Stories

World News
Build #2611