Trending
Prev Story
Next Story

कम्पनीलाई जरिवाना छुटको अवसर, पुस मसान्तसम्म म्याद थप

Bizshala •
November 05, 2026 • 03:03 AM
1
1 reads 0 reactions

काठमाडौँ । लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा नगएका कम्पनीलाई जरिवाना छुटसहित विवरण...

कम्पनीलाई जरिवाना छुटको अवसर, पुस मसान्तसम्म म्याद थप

काठमाडौँ । लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा नगएका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा सरकारले आगामी पुस मसान्तसम्म थप गरेको छ । यसअघि कात्तिक मसान्तसम्म रहेको म्याद दुई महिना बढाइएको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्मको कर, शुल्क तथा दस्तुर बुझाएमा सोभन्दा अघिका आर्थिक वर्षको सबै कर, शुल्क, दस्तुर र जरिवाना मिनाहा हुनेछ ।

यसैबीच, नेपालमा नयाँ कम्पनी दर्ता हुने क्रम बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा २० हजार ७३६ कम्पनी दर्ता भएकामा गत आव २०८२/८३ मा २६ हजार २९१ पुगेका छन् । यो अघिल्लो वर्षको तुलनामा ५ हजार ५५५ ले बढी हो । चालु आवको कात्तिक १२ गतेसम्म थप १० हजार ४८० कम्पनी दर्ता भइसकेका छन् ।

कार्यालयका रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले विदेशबाट फर्किएका नेपालीले सीप, प्रविधि र पुँजी स्वदेशमा लगानी गर्न थालेसँगै कम्पनी दर्ता बढेको बताए ।

कार्यालयका अनुसार हालसम्म तीन लाख ८८ हजार ६९० कम्पनी दर्ता भएकामा १४ हजार ९७० वटा खारेज भएका छन् । कार्यालयले कम्पनी दर्ता, नियमन, वार्षिक विवरण तथा वास्तविक धनीको अभिलेख व्यवस्थापनका साथै खारेजीसम्बन्धी काम गर्दै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
6h ago
‘जनकपुरमा अवसर पाइनँ, सुदूरपश्चिम आएर आफूलाई प्रमाणित गरेँ’

‘जनकपुरमा अवसर पाइनँ, सुदूरपश्चिम आएर आफूलाई प्रमाणित गरेँ’

‘जनकपुरमा अवसर पाइनँ, सुदूरपश्चिम आएर आफूलाई प्रमाणित गरेँ’ केहि सेकेन्ड अघि काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ अन्तर्गत शुक्रबार काठमाडौं गोर्खाजविरुद्ध ७ रनको रोमाञ्चक जित निकाल्दै प...

#काठमाडौं #अवसर
Compare →

Related Stories

Politics & Governance
Build #2611