बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका मुख्य राजमार्ग प्रभावित हुने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले बिहीबार चक्रवात ‘अर्नब’को सम्भावित प्रभाव सम्बन्धमा प्रमुख राजमार्गहरुमा प्रारम्भिक पहिरो जोखिम आंकलन तथा पूर्वसूचना जारी गरेको हो।
सूचनामा चक्रवात ‘अर्नब’को सम्भावित प्रभावका कारण आगामी केही दिनमा नेपालको विशेषगरी नारायणी, बागमती र कोशी नदी जलाधार तथा आसपासका क्षेत्रमा वर्षा भई राजमार्गको क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने देखिएको भन्दै हुन सक्ने सम्भावित पहिरोजन्य जोखिमसम्बन्धी आंकलन गरिएको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् ( nagariknews.nagariknetwork.com )