कात्तिक २४ र २५ गते सडक तथा सार्वजनिकस्थलमा जथाभाबी फोहोर नफाली आफैले व्यवस्थापन गर्न महानगरले आग्रह गरेको छ ।
काठमाडौँ — कात्तिक २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । काठमाडौँ महानगरपालिका वातारण व्यवस्थापन विभागका प्रमुख सरिता राईका तिहारका अवसरमा उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल बन्चरेडाँडामा कार्यरत कर्मचारीको समेत बिदा हुने भएकाले फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो ।
यस अवधिमा सडक तथा सार्वजनिकस्थलमा जथाभाबी फोहोर नफाली व्यवस्थापन गर्न पनि महानगरले आग्रह गरेको छ ।
२६ गतेदेखि नियमित रूपमा फोहर व्यवस्थापनको काम हुनेछ ।