Trending
Prev Story
Next Story

पत्रकारिताको खोल ओढेर पार्टीकारिता गर्नेहरूले राष्ट्रपतिसँग अध्यादेश रोक्न आग्रह गरे : राजीव खत्री

Nagarik News •
November 07, 2026 • 07:42 AM
1
1 reads 0 reactions

राजीव खत्रीको आरोप : पत्रकारिताको खोल ओढेर पार्टीकारिता गर्नेहरूले राष्ट्रपतिसँग अध्यादेश रोक्न आग्रह गरे

पत्रकारिताको खोल ओढेर पार्टीकारिता गर्नेहरूले राष्ट्रपतिसँग अध्यादेश रोक्न आग्रह गरे : राजीव खत्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले सरकारको प्रस्तावित अध्यादेश रोक्न राष्ट्रपतिसमक्ष आग्रह गर्ने पत्रकारहरूमाथि टिप्पणी गरेका छन्।

उनले निष्पक्ष पत्रकारिता गर्ने पत्रकारलाई अध्यादेश रोकिदिन राष्ट्रपतिसमक्ष पुगेर विन्ती गर्नुपर्ने अवस्था नरहेको बताउँदै टिप्पणी गरेका हुन्। खत्रीले वीरेन्द्र जैरु, युवराज कँडेल र अपिल त्रिपाठीलगायत पत्रकारलाई प्रस्तावित अध्यादेशले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्छ भन्ने लागेको नहुन सक्ने भनाइ राखे।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पत्रकारिताको खोल ओढेर पार्टीकारिता गर्ने अनि राष्ट्रपतिलाई भेटेर अध्यादेश रोकिदिन विन्ती गर्ने? निष्पक्ष पत्रकारिता गर्नेहरूलाई राष्ट्रपति कहाँ पुगेर अध्यादेश रोकिदिन विन्ती गर्नै परेको छैन।’

सरकारले ल्याउन खोजेको अध्यादेश राष्ट्रपतिले रोक्ने अधिकार संविधानको कुन धारामा रहेको छ भन्दै उनले प्रश्न गरेका छन्।

उनले राष्ट्रपतिसमक्ष गरिएको आग्रहलाई पत्रकारिताको चौथो अंगको आवाज नभई सञ्चार क्षेत्रभित्रको विकृतिको अभिव्यक्तिका रूपमा चित्रण गरेका छन्।

‘त्यसैले यो विन्ती देशको चौथो अंगले गरेको होइन, अंगमा लागेको ऐँजेरुले हो। जहाँ शल्यक्रियाको आवश्यकता छ,’ उनले लेखेका छन्।

सञ्चारमाध्यमलाई व्यवस्थित र मर्यादित बनाउन खोज्दा त्यसलाई निरंकुशताको संज्ञा दिनु र न्यायाधीशको सम्पत्ति छानबिन गर्दा लोकतन्त्र खतरामा परेको तर्क गर्नु विरोधाभासपूर्ण रहेको उनको भनाइ छ।

प्रकाशित: २१ कार्तिक २०८३ १३:२७ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
अध्यादेशबाट प्रेसमाथि फेरि अंकुश

अध्यादेशबाट प्रेसमाथि फेरि अंकुश

काठमाडौं : पत्रकारिता र सामाजिक सञ्जालका सामग्री नियमन गर्ने नाममा सरकारले प्रेस काउन्सिल नेपाललाई छानबिन, कारबाही र सार्वजनिक बेइज्जतीसम्मको अधिकार दिने गरी कानुन संशोधन गरेको छ। त्यसका लागि सरकार...

#अध्यादेश #पत्रकारिता
Compare →
Onlinekhabar
4d ago
दुई अध्यादेश एक सातादेखि अध्ययन गर्दै राष्ट्रपति

दुई अध्यादेश एक सातादेखि अध्ययन गर्दै राष्ट्रपति

२३ कात्तिक, काठमाडौं ।  सरकारले गत कात्तिक १७ गते  दुईटा अध्यादेश ल्याउने निर्णय गर्‍यो ।  उक्त निर्णयपछि सरकारले सिफारिस गरेका दुई वटा अध्यादेश राष्ट्रपति कार्यालयमा छन् । मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल नेपाल ऐन २०४८ लाई संशोधन गर्न …

#अध्यादेश
Compare →
Ekantipur
1w ago
प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह

प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष पत्रकार महासंघको आग्रह

महासंघले सरोकारवाला पक्षसँग पर्याप्त छलफल र परामर्श नगरी संसद्‌लाई छलेर अध्यादेशमार्फत कानुन ल्याइनु लोकतान्त्रिक विधि र प्रक्रियासँग मेल नखाने जनाएको छ ।

#अध्यादेश
Compare →

Related Stories

Politics & Governance
Build #2611