Trending
Prev Story
Next Story

बलान खोलाबाट २३१ किलो गाँजा बरामद

Onlinekhabar •
November 12, 2026 • 04:00 AM
1
1 reads 0 reactions

२६ कात्तिक, सिरहा । सिरहा र सप्तरी जिल्लाको सीमा क्षेत्रमा पर्ने बलान खोलाबाट प्रहरीले २३१ किलो लागुऔषध गाँजा बरामद गरेको छ। खोलाको बीचमा खाल्डो खनेर पुरेर राखेको अवस्थामा प्रहरीले सात बोरा गाँजा बरामद गरेको हो। जिल्ला …

बलान खोलाबाट २३१ किलो गाँजा बरामद

२६ कात्तिक, सिरहा । सिरहा र सप्तरी जिल्लाको सीमा क्षेत्रमा पर्ने बलान खोलाबाट प्रहरीले २३१ किलो लागुऔषध गाँजा बरामद गरेको छ। खोलाको बीचमा खाल्डो खनेर पुरेर राखेको अवस्थामा प्रहरीले सात बोरा गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक(एसपी) बासुदेव पाठकका अनुसार बुधबार राति करिब १ बजे बलान खोलाको बीचमा गाँजा लुकाएर राखिएको विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।

इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा पुगेर जाँच गर्ने क्रममा खाल्डोमा लुकाइछिपाइ राखिएको गाँजाजस्तो देखिने पदार्थ फेला पारेको बताए ।

त्यसपछि प्रहरी चौकी बेल्ही र सशस्त्र प्रहरी बल नेपाल बीओपी बेल्ही, सप्तरीसँग समेत समन्वय गरी खानतलासी गर्दा प्लास्टिकका बोरा बाहेक २३१ किलो गाँजा बरामद भएको एसपी पाठकले जनाएको छ।

एसपी पाठकका अनुसार गाँजा बरामद भएको स्थानमा कुनै व्यक्ति फेला परेका छैनन्। गाँजा कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
सप्तरीको बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद

सप्तरीको बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद

सप्तरीको बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद १५ मिनेट अघि सिरहा : सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। खोलाको...

#खोला #गाँजा #बरामद
Compare →
Bizshala
1d ago
खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

काठमाण्डौ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा प्रहरीले २३१ किलो ८००...

#खोला #सिरहा #बरामद
Compare →
Nagarik News
1w ago
उदयपुरबाट झन्डै ३ हजार किलो गाँजा बरामद

उदयपुरबाट झन्डै ३ हजार किलो गाँजा बरामद

उदयपुरको पूर्वी भेग मैनामैनीबाट बिहीबार २ हजार ८ सय २० किलो ५ सय ग्राम बेवारिसे अवस्थामा गाँजा फेला परेको हो।

#गाँजा #किलो #बरामद
Compare →
Arthasansar
4d ago
जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख  बढी रकम बरामद

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख बढी रकम बरामद

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...

#बरामद
Compare →
Ekantipur
1w ago
रौतहटमा ४४ लाख ६४ हजार बरामद, एक भारतीय नागरिक पक्राउ

रौतहटमा ४४ लाख ६४ हजार बरामद, एक भारतीय नागरिक पक्राउ

ईशनाथ–४ स्थित महुलियाको काली मन्दिर नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको एमपी ०५–००१ प ०५७८ भारतीय नम्बर प्लेटको मोटरसाइकल मठिया–महुलियातर्फ आउने सडकखण्डमा रोकेर जाँच गर्ने क्रममा मोटरसाइकल चालकको साथबाट स्रोत नखुलेको ३० लाख रुपैयाँ फेला पारेको थियो ।

#बरामद
Compare →

Related Stories

National (Nepal)
Build #2611