Trending
Prev Story
Next Story

श्रीमतीको जिम्मामा छुटे टोपबहादुर

Onlinekhabar •
November 12, 2026 • 04:00 AM
1
1 reads 0 reactions

२५ कात्तिक, काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्ली बजार कारागारमा जेल सजाय भुक्तान गरिरहेका रायमाझी जेष्ठ नागरिकको सुविधामा जेलमुक्त भएका हुन्। उनलाई श्रीमतीको जिम्मामा …

श्रीमतीको जिम्मामा छुटे टोपबहादुर

२५ कात्तिक, काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्ली बजार कारागारमा जेल सजाय भुक्तान गरिरहेका रायमाझी जेष्ठ नागरिकको सुविधामा जेलमुक्त भएका हुन्। उनलाई श्रीमतीको जिम्मामा रिहा गरिएको कारागार स्रोतले जानकारी दिएको छ। ‘उहाँलाई श्रीमती र परिवारका केही सदस्यको जिम्मा लगाइएको छ,’ स्रोतले भन्यो,’ आज बिहान उहाँ यहाँबाट जानु भयो।’

उनी ६५ वर्ष पूरा भएका छन्। आफू जेष्ठ नागरिक भएको र सोही आधारमा कैद मुक्त हुनुपर्ने भन्दै रायमाझीले अदालतमा निवेदन दिएका थिए। निवेदनका आधारमा अदालतले उनलाई ज्येष्ठ नागरिकको सुविधाअनुसार कैदमुक्त गर्न संशोधित कैदीपुर्जी अदालतमा पठाएको थियो।

काठमाडौं जिल्ला अदालतले पनि कारागार कार्यालयमा पत्र पठाएर यसबारे जानकारी गराएको थियो। जेष्ठ नागरिकले तोकिएको कैद सजायमा २५ प्रतिशत छुट पाउने प्रावधान छ।

रायमाझी २० वैशाख २०८० मा पक्राउ परेका थिए।  रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना निर्धारण भएको थियो।

अदालतले पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो ।

ठगीमा २ वर्ष कैद र २० हजार जरिबाना, स‌ंगठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरुद्धको कसुरमा एकवर्ष ६ महिना कदै र १५ हजार जरिबाना र यही कसुरमा थप ६ महिना थप कैद गरिएको छ । यो सबै गर्दा उनले एकीकृत रुपमा ४ वर्ष कैद र ४० हजार जरिबाना हुने फैसला थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
टोपबहादुर रायमाझी जेलमुक्त भएपछि ज्ञानेन्द्र शाहीको सरकारमाथि कडा प्रश्न: भ्रष्टाचारीलाई कारबाही गर्ने भाषण मात्रै हो कि नयाँ अनुसन्धान पनि हुन्छ?

टोपबहादुर रायमाझी जेलमुक्त भएपछि ज्ञानेन्द्र शाहीको सरकारमाथि कडा प्रश्न: भ्रष्टाचारीलाई कारबाही गर्ने भाषण मात्रै हो कि नयाँ अनुसन्धान पनि हुन्छ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले सरकारमाथि ...

#रायमाझी #जेलमुक्त #टोपबहादुर
Compare →
Nagarik News
1d ago
थुनामुक्त भए टोपबहादुर रायमाझी

थुनामुक्त भए टोपबहादुर रायमाझी

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन्।

#रायमाझी #टोपबहादुर
Compare →
Ekantipur
1d ago
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझीलाई एकचौथाइ कैद छुट

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझीलाई एकचौथाइ कैद छुट

पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता रायमाझीले ज्येष्ठ नागरिकले पाउने सुविधाअनुरूप कैद छुट पाएका हुन् ।

#रायमाझी #टोपबहादुर
Compare →

Related Stories

Politics & Governance
Build #2611