Trending
Prev Story
Next Story

आज कैदमुक्त हुँदै टोपबहादुर रायमाझी

Nagarik News •
November 12, 2026 • 01:27 AM
1
1 reads 0 reactions

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आज रिहा हुने भएका छन्।

आज कैदमुक्त हुँदै टोपबहादुर रायमाझी

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आज रिहा हुने भएका छन्।

तीन वर्ष ६ महिना जेल सजाय पूरा गरेर आज उनी कैदमुक्त हुने भएका हुन्। काठमाडौं जिल्ला अदालतले उनलाई कैदमुक्त गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरेको थियो। रायमाझीले ६५ वर्ष उमेर पूरा भएका कारण जेष्ठ नागरिकको सुविधा पाउन माग गर्दै अदालतमा निवेदन दिएका थिए।

सोही अनुसार रायमाझी आज कार्तिक २६ गते छुट्ने भएका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा रायामाझी दोषी ठहर भएका थिए। उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले उनलाई २०८३ असार ३० मा ४ वर्ष कैद सजाय सुनाएको थियो।

सुरुवाती फैसलामा चार वर्षको कैद सजाय तोकिए पनि रायमाझीले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुटको सुविधा पाएका हुन्। उनी कार्तिक २५ मा ६५ वर्ष पूरा हुँदै छन्। ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट दिने व्यवस्था छ।

प्रकाशित: २६ कार्तिक २०८३ ०७:१२ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
टोपबहादुर रायमाझी थुनामुक्त

टोपबहादुर रायमाझी थुनामुक्त

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। कारागार कार्यालय डिल्लीबजारका एक कर्मचारीका अनुसार उनी बिहीबार बिहानै थुनामुक्त भएका हुन्। ...

#रायमाझी #टोपबहादुर #नक्कली
Compare →
Onlinekhabar
1d ago
श्रीमतीको जिम्मामा छुटे टोपबहादुर

श्रीमतीको जिम्मामा छुटे टोपबहादुर

२५ कात्तिक, काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्ली बजार कारागारमा जेल सजाय भुक्तान गरिरहेका रायमाझी जेष्ठ नागरिकको सुविधामा जेलमुक्त भएका हुन्। उनलाई श्रीमतीको जिम्मामा …

#रायमाझी #टोपबहादुर
Compare →
Ekantipur
4mo ago
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ४ वर्ष र पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद*

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ४ वर्ष र पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद*

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराध अभियोगमा रायमाझी ठगी, संगठित अपराध, राज्यविरूद्धको अपराध र एकीकृत अपराधतर्फ दोषी ठहर भएका थिए ।

#रायमाझी #नक्कली #भुटानी
Compare →
Bizshala
1d ago
ज्येष्ठ नागरिकको सुविधा पाएपछि पूर्वउपप्रधानमन्त्री रायमाझी रिहा

ज्येष्ठ नागरिकको सुविधा पाएपछि पूर्वउपप्रधानमन्त्री रायमाझी रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार रिहा...

#रायमाझी
Compare →

Related Stories

Politics & Governance
Build #2611