Trending
Prev Story
Next Story

सिरहामा सिँगारिंदै छठघाट (तस्वीरहरू)

Onlinekhabar •
November 13, 2026 • 10:31 AM
1
1 reads 0 reactions

२७ कात्तिक, सिरहा । छठ पर्व आउन अब तीन दिन मात्रै बाँकी रहँदा सिरहाका विभिन्न नदी, खोला, तलाउ तथा पोखरीका किनारमा सरसफाइ र छठघाट सजाउने काम तीव्र बनेको छ। पर्वलाई भव्य, सभ्य र व्यवस्थित रूपमा मनाउने …

सिरहामा सिँगारिंदै छठघाट (तस्वीरहरू)

२७ कात्तिक, सिरहा । छठ पर्व आउन अब तीन दिन मात्रै बाँकी रहँदा सिरहाका विभिन्न नदी, खोला, तलाउ तथा पोखरीका किनारमा सरसफाइ र छठघाट सजाउने काम तीव्र बनेको छ।

पर्वलाई भव्य, सभ्य र व्यवस्थित रूपमा मनाउने तयारीस्वरूप स्थानीयवासी, युवा तथा श्रद्धालु भक्तजनहरू घाट व्यवस्थापनमा जुटेका छन्।

सिरहाको गोलबजार, चोहर्वा, निपनिया, नरहालगायतका क्षेत्रमा छठघाट सरसफाइ र सजावटको काम भइरहेको छ। निपनिया पोखरी, मैनाबती खोला तथा चोहर्वा पोखरीलगायतका जलासय आसपासका क्षेत्रमा स्थानीयहरू श्रमदानमार्फत घाट सफा गर्ने, झारपात हटाउने, बाटोघाटो मर्मत गर्ने तथा पूजास्थल व्यवस्थित बनाउने काममा सक्रिय भएका छन्।

कतै कोदालो, खुर्पी, हँसियालगायतका सामग्री प्रयोग गरेर सरसफाइ भइरहेको छ भने कतै जेसीबीको सहायताले घाट सम्याउने काम भइरहेको छ। विभिन्न स्थानमा टेन्ट, पण्डाल तथा सजावटका सामग्री राखेर छठघाटलाई आकर्षक बनाउने तयारीसमेत भइरहेको छ।

गोलबजार नगरपालिका–७ का स्थानीय दीपेन्द्र सिंह (दीपा) का अनुसार व्रतालु तथा श्रद्धालु भक्तजनलाई पूजाअर्चना गर्न सहज होस् भन्ने उद्देश्यले स्थानीयहरू केही दिनअघिदेखि नै सरसफाइ तथा घाट व्यवस्थापनमा जुटेका हुन्।

‘छठ हाम्रो मुख्य पर्व हो। व्रतालुहरूलाई पूजाअर्चना गर्न कुनै समस्या नहोस् भनेर बाटोघाटोदेखि छठघाटसम्म सरसफाइ गर्ने काममा हामी पहिलेदेखि नै जुटेका छौँ,’ उनले भने।

अर्का स्थानीय अमितकुमार सिंहले पनि छठपर्वलाई व्यवस्थित र सभ्य रूपमा सम्पन्न गर्न स्थानीयहरू एकजुट भएर तयारीमा लागेको बताए। उनका अनुसार घाट व्यवस्थापनका लागि जेसीबीदेखि हातले प्रयोग गरिने विभिन्न सामग्रीसमेत परिचालन गरिएको छ।

सूर्यदेव र छठी माताको उपासनासँग जोडिएको यस पर्वमा व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ। छठपर्वमा नदी, पोखरी तथा जलासयका किनारमा भेला भएर श्रद्धालुहरूले विधिपूर्वक पूजा गर्ने गर्छन्।

पर्व नजिकिँदै जाँदा सिरहाका गाउँदेखि शहरसम्म छठको रौनक बढ्दै गएको छ। स्थानीयको सामूहिक प्रयास र श्रमदानले छठघाटहरू सफा, सुन्दर र व्यवस्थित बन्दै गएका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
10h ago
छठपर्वका लागि सिँगारिँदै छठघाट (तस्बिरहरू)

छठपर्वका लागि सिँगारिँदै छठघाट (तस्बिरहरू)

सिरहा- आस्थाको महापर्व छठ नजिकिँदै जाँदा सिरहाका विभिन्न नदी, नाला, तलाउ तथा पोखरीका किनारमा छठघाट सरसफाइ र सजावटको काम तीव्र पारिएको छ। छठपर्वलाई भव्य, सभ्य र व्यवस्थित रूपमा मनाउने तयारीस्वरूप स...

#सिरहा #छठघाट #पोखरी
Compare →
Bizshala
1d ago
खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

काठमाण्डौ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा प्रहरीले २३१ किलो ८००...

#सिरहा #खोला
Compare →

Related Stories

Business & Economy
Build #2611