Trending
Prev Story
Next Story

दुई अध्यादेश एक सातादेखि अध्ययन गर्दै राष्ट्रपति

Onlinekhabar •
November 09, 2026 • 07:00 AM
1
1 reads 0 reactions

२३ कात्तिक, काठमाडौं ।  सरकारले गत कात्तिक १७ गते  दुईटा अध्यादेश ल्याउने निर्णय गर्‍यो ।  उक्त निर्णयपछि सरकारले सिफारिस गरेका दुई वटा अध्यादेश राष्ट्रपति कार्यालयमा छन् । मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल नेपाल ऐन २०४८ लाई संशोधन गर्न …

दुई अध्यादेश एक सातादेखि अध्ययन गर्दै राष्ट्रपति

२३ कात्तिक, काठमाडौं ।  सरकारले गत कात्तिक १७ गते  दुईटा अध्यादेश ल्याउने निर्णय गर्‍यो ।  उक्त निर्णयपछि सरकारले सिफारिस गरेका दुई वटा अध्यादेश राष्ट्रपति कार्यालयमा छन् ।

मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल नेपाल ऐन २०४८ लाई संशोधन गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन लगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय गरेर राष्ट्रपति कार्यालय पठाएको हो ।

राष्ट्रपति कार्यालयले अध्यादेश प्राप्त भएको जानकारी दिएको छ ।

‘अध्यादेश आइपुगेको छ । अब बिदा पनि सुरु भयो,’ राष्ट्रपतिको कार्यालयका एक अधिकारीले भने । उनका अनुसार प्राप्त अध्यादेश अध्ययनकै क्रममा छ ।

संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य समयमा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछन् ।

अध्यादेश जारी भएपछि बसेको संघीय संसद्को दुवै सदनमा पेस गर्नुपर्छ ।

दुवै सदनले स्वीकृत नगरेमा वा अध्यादेश प्रतिस्थापन विधेयक आएर ऐनमा रुपान्तरित नभए सदनमा पेश भएको ६० दिनभित्र स्वतः निष्क्रिय हुनेछ ।

साथै, राष्ट्रपतिले चाहेमा जुनसुकै समयमा पनि अध्यादेश खारेज गर्न सक्छन् ।

सरकारले अध्यादेशमा के कस्ता विषय समावेश गरिएको छ भनेर कुनै जानकारी दिएको छैन । साथै, अध्यादेश ल्याउनुपर्ने कारण पनि स्पष्ट खुलाएको छैन ।

राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले पनि अध्यादेश प्राप्त भएको बताए ।

संविधानतः संसद् अधिवेशन नचलेको अवस्थामा तत्काल केही गर्न आवश्यक परे अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ ।

‘संघीय संसद्को दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछ’ संविधानको धारा ११४ मा छ । यसरी जारी भएको अध्यादेश ऐन सरह मान्य हुनेछ ।

तर सरकारले तत्काल केही गर्न आवश्यक परेको विषय के हो केही खुलाएको छैन । राष्ट्रपतिको कार्यालयले पनि अध्यादेश प्राप्त भएको सूचना दिएको छ ।

प्रेस काउन्सिल अध्यादेशमा पत्रकारिताजन्य काम गरिरहेका सामाजिक सञ्जालका पेजहरूलाई पनि पत्रकार आचार संहिताको दायरतामा राख्ने लगायतका प्रावधानहरू छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
राष्ट्रपति पौडेलद्वारा भाइटिका ग्रहण

राष्ट्रपति पौडेलद्वारा भाइटिका ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटिका ग्रहण गरेका छन । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट विधिपूर्वक भाइटिका लगाएमा हुन् । सो अवसरमा राष्ट्रपत...

#राष्ट्रपति
Compare →
Nagarik News
2d ago
राष्ट्रपति पौडेलले बहिनी शारदाको हातबाट लगाए भाइटीका

राष्ट्रपति पौडेलले बहिनी शारदाको हातबाट लगाए भाइटीका

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका शुभसाइतमा लगाएका छन्। राष्ट्रपति भवन शीतल निवासमा बहिनी शारदा पण्डितले आज बिहान ११ बजेर ७ मिनेटको उत्तम साइतमा उनलाई विधिपूर्वक भाइटीका लगाइदिएकी हुन्।

#राष्ट्रपति
Compare →
Ekantipur
2d ago
राष्ट्रपतिले बहिनी शारदाबाट लगाए भाइटीका

राष्ट्रपतिले बहिनी शारदाबाट लगाए भाइटीका

राष्ट्रपति भवन शीतल निवासमा बुधबार बहिनी शारदा पण्डितले शुभसाइतमा राष्ट्रपति पौडेललाई भाइटीका लगाइदिइन्।

#राष्ट्रपति
Compare →

Related Stories

Education & Youth
Build #2611