Trending
Prev Story
Next Story

कोप-३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता

Nagarik News •
November 07, 2026 • 07:48 AM
1
1 reads 0 reactions

सम्मेलनअन्तर्गत सन् २०२६ नोभेम्बर ९ गते बिहान नेपाल पेभिलियनमा ‘जलवायु कार्ययोजनाको केन्द्रमा स्वास्थ्य : एक विश्वव्यापी दृष्टिकोण’ विषयक छलफल आयोजना हुँदैछ।

कोप-३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारिरहेको प्रभाव र स्वास्थ्य प्रणालीको उत्थानशीलतासम्बन्धी विषयमा टर्कीको अन्टाल्यामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा उच्चस्तरीय छलफलको अध्यक्षता गर्ने भएकी छन्।

सम्मेलनअन्तर्गत सन् २०२६ नोभेम्बर ९ गते बिहान नेपाल पेभिलियनमा ‘जलवायु कार्ययोजनाको केन्द्रमा स्वास्थ्य : एक विश्वव्यापी दृष्टिकोण’ विषयक छलफल आयोजना हुँदैछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, इपास नेपाल र विश्व स्वास्थ्य संगठन नेपालको सहकार्यमा आयोजना हुने उक्त कार्यक्रममा मन्त्री मेहता सत्र अध्यक्षका रूपमा सहभागी हुने छिन्।

छलफलमा जलवायु परिवर्तनका कारण जनस्वास्थ्यमा देखिएका चुनौती, जलवायुजन्य विपद्ले स्वास्थ्य सेवा प्रवाहमा पार्ने प्रभाव तथा जलवायु अनुकूल र उत्थानशील स्वास्थ्य प्रणाली निर्माणका विषयमा विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय साझेदारबीच विचार आदानप्रदान हुनेछ।

जलवायु परिवर्तनका कारण बाढी, पहिरो, अत्यधिक गर्मी, संक्रामक रोगको बदलिँदो स्वरूप तथा खाद्य र पानीको असुरक्षाजस्ता समस्या बढ्दै गएका छन्। यस्ता जोखिमले स्वास्थ्य संस्थाको पूर्वाधार, स्वास्थ्यकर्मी, औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति र अत्यावश्यक स्वास्थ्य सेवामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले स्वास्थ्य क्षेत्रलाई जलवायु अनुकूलनका योजनामा प्राथमिकताका साथ समेट्नुपर्ने विषय छलफलमा उठाइनेछ।

यस क्रममा जलवायु जोखिममा रहेका मुलुकको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य क्षेत्रका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तको उपलब्धता, स्वास्थ्यसम्बन्धी राष्ट्रिय अनुकूलन योजना कार्यान्वयन तथा जलवायुजन्य विपदबाट हुने स्वास्थ्यसम्बन्धी हानि तथा नोक्सानीको मूल्याङ्कनका विषयमा नेपालको धारणा प्रस्तुत गरिनेछ।

नेपालले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनका प्रयासमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय सहकार्य, वित्तीय सहयोग र नीतिगत प्रतिबद्धता आवश्यक रहेको विषयलाई सम्मेलनमार्फत उठाउने तयारी गरेको छ।

प्रकाशित: २१ कार्तिक २०८३ १३:३३ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
9h ago
कोप–३१ मा नेपालको जलवायु पैरवीको साझा थलो बन्यो पेभेलियन

कोप–३१ मा नेपालको जलवायु पैरवीको साझा थलो बन्यो पेभेलियन

नेपालले जलवायु परिवर्तनका असर भोगिरहेको भए पनि आफ्ना अनुभव, समस्या, अनुकूलनका सफल अभ्यास र प्रयासलाई अन्तरराष्ट्रिय मञ्चमा पर्याप्त रूपमा प्रस्तुत गर्न पेभेलियन पनि बनाइएको छ ।

#जलवायु #कोप #परिवर्तन
Compare →
Hamro Patro News
9h ago
जलवायुजन्य विपद्का आवाज विश्वसामु पुर्‍याउने थलो बन्यो नेपाल पेभेलियन

जलवायुजन्य विपद्का आवाज विश्वसामु पुर्‍याउने थलो बन्यो नेपाल पेभेलियन

काठमाडाैँ । यही कात्तिक २३ गतेदेखि यहाँ जारी कोप–३१ मा नेपाल सरकारले स्थापना गरेको ‘नेपाल पेभेलियन’ जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका विपद्, जलवायु अन्याय तथा अनुकूलनका प्रयास र सफल अभ्यासला...

#जलवायु #कोप #परिवर्तन
Compare →
Bizshala
9h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#जलवायु #कोप
Compare →
Onlinekhabar
1d ago
जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

२६ कात्तिक, अन्ताल्या (टर्किए)। परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय भएको धारणा राखेका छन्। टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा उनले उक्त धारणा राखेका हुन्। परराष्ट्रमन्त्री खनालले नेपाल पेभिलियनमा आयोजित …

#जलवायु #परिवर्तन
Compare →

Related Stories

Politics & Governance
Build #2611