Trending
Prev Story
Next Story

बीपी राजमार्ग खुलेसँगै ‘अर्नब’ को प्रभावले अवरुद्ध सबै राजमार्ग सञ्चालनमा

Nagarik News •
November 01, 2026 • 02:43 PM
1
1 reads 0 reactions

रोशी खोलाको बाढीले सडक कटान गरेपछि अवरुद्ध बनेको बीपी राजमार्गसमेत आइतबार साँझदेखि सञ्चालनमा आएको छ। योसँगै सबै राजमार्ग सञ्चालनमा आएका हुन्।

बीपी राजमार्ग खुलेसँगै ‘अर्नब’ को प्रभावले अवरुद्ध सबै राजमार्ग सञ्चालनमा

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध बनेको देशभरको सडक यातायात सेवा पूर्ववत् अवस्थामा फर्किएको छ। रोशी खोलाको बाढीले सडक कटान गरेपछि अवरुद्ध बनेको बीपी राजमार्गसमेत आइतबार साँझदेखि सञ्चालनमा आएको छ। योसँगै सबै राजमार्ग सञ्चालनमा आएका हुन्।

निर्माणाधीन बीपी राजमार्गअन्तर्गत पिप्ले र गिम्दीबेसी क्षेत्रमा रोशी खोलाले सडक कटान गरेपछि यातायात आवागमन ठप्प भएको थियो। कटान भएको क्षेत्रमा ब्याक कटिङ गरेर सडक खुलाइएपछि उक्त खण्डमा सवारीसाधन सञ्चालन हुन थालेका हुन्।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बीपी राजमार्गमा यातायात पुनः सञ्चालनमा आएको जानकारी दिएका छन्। उनका अनुसार चक्रवात ‘अर्नब’ को प्रभावका कारण देशका विभिन्न स्थानमा अवरुद्ध भएका अन्य सडकसमेत खुलिसकेका छन्।

सडक अवरुद्ध हुँदा विशेषगरी बीपी राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारीसाधनले सास्ती खेप्नुपरेको थियो। सडक पुनः सञ्चालनमा आएसँगै काठमाडौँ र पूर्वी पहाडी क्षेत्रबीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

बाढीले सडक कटान गरेको क्षेत्रमा तत्कालका लागि ब्याक कटिङ गरेर यातायात सञ्चालनमा ल्याइएको भए पनि निर्माणाधीन सडकको जोखिमपूर्ण अवस्थालाई ध्यान दिँदै यात्रुले सावधानी अपनाउनुपर्ने देखिन्छ।

प्रकाशित: १५ कार्तिक २०८३ २०:२८ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4d ago
पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कुरिनटारमा सवारीसाधनको चाप (फोटो फिचर)

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कुरिनटारमा सवारीसाधनको चाप (फोटो फिचर)

• चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सोमबार बिहान सुख्खा पहिरो खसेको छ। • पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कुरिनटारमा सवारीसाधनको लाम लागेको छ र चाडपर्व मनाउन हिँडेकाहरु जाममा फसेका छन्।

#राजमार्ग #अवरुद्ध
Compare →
Arthasansar
4d ago
घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरस्थित कुरिनटारनजिकै पहिरो खसेको छ । बिहानीपख सुक्खा पहिरो खस्दा राजमार्ग दुईतर्फि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।  पहिरो हटाउन आवश्यक...

#राजमार्ग #अवरुद्ध
Compare →
Onlinekhabar
4d ago
घोप्टे भिरमा फेरि खस्यो सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

घोप्टे भिरमा फेरि खस्यो सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

२३ कात्तिक, काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टे भिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण राजमार्ग दुईतर्फी अवरुद्ध बनेको चितवन प्रहरीले जनाएको छ । चितवन प्रहरीका अनुसार …

#राजमार्ग #अवरुद्ध
Compare →
Ekantipur
1d ago
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

कालीगण्डकी गाउँपालिका–२ राक्सेमा बुधबार बेलुकी खसेको चट्टानसहितको पहिरो डोजरले हटाएपछि सडक खुलेको हो।

#अवरुद्ध #सञ्चालनमा
Compare →
Bizshala
3d ago
घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

काठमाण्डौ । पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्डअन्तर्गत घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाएपछि यातायात...

#राजमार्ग
Compare →

Related Stories

Technology
Build #2611